निर्माता वाग्लेले संगीतकार शिवाकोटीलाई दिए ५० हजारको इनाम


Filmy Kura, Oct 30, 2018 at 5:42 pm


फिल्म निर्माता माधव वाग्लेले संगीतकार राजनराज शिवाकोटीलाई ५० हजार नगद इनाम दिएका छन् । मंगलबार राजधानीमा ‘चङ्गा चेट’ फिल्ममा समावेश गीत ‘गोजीमा दाम छैन’ ले युट्युवमा डेढ करोड भन्दा माथि भ्युज प्राप्त गरेको खुसीयालीमा केक काट्दै सर्जक राजनराजलाई ५० हजारको चेक निर्माता वाग्लेले प्रदान गरेका हुन् ।

निर्माता वाग्लेको ‘चङ्गा चेट’ आठौं फिल्म हो । चेक हस्तान्तरण गर्दै उनले भने, ‘मैले यो गीत तयार हुनु पूर्व नै राजनलाई १ करोड भ्युज कटेपछि इनाम दिन्छु भनेको थिए । जस अनुरुप आज म उनलाई यो सानो इनाम प्रदान गर्दछु ।’ त्यसो त उनले फिल्मको गीतको टाइटल ‘गोजीमा दाम छैन’ भनिए पनि रिलिज पश्चात यो फिल्मले मेकरको खल्ती भर्ने विश्वास व्यक्त गरे । यता चेक बुझेपछि सोही गीतका संगीतकार तथा गायक राजनराजले यस्ता इनामले सर्जकलाई सिर्जनामा झन खारिएर लाग्न थप जोश र उर्जा दिने भनाइ राखे । उनले आफूले प्राप्त गरेको ५० हजारबाट ५ प्रतिशत रकम गीतको रचनाकारलाई दिने समेत घोषणा गरे ।

यो गीतको शब्द हरिहर तिमल्सिनाले लेखेका हुन् । राजनराजको साथमा मेलिना राई र ग्रिष्मा शिवाकोटीको युगल स्वर गीतमा रहेको छ । चलचित्र यहि कात्तिक १६ गते तिहारलाई लक्षित गर्दै प्रदर्शनमा आउँदैछ । झिलिमिलीको पर्वमा मनोरञ्जक चलचित्र हेर्न दर्शक के कति आउने हुन् त्यो भने १६ पछिको दिनले नै बताउनेछ । यद्धपि निर्माण यूनिट फिल्म मसलेदार रहेका कारण दर्शक साथ मिल्नेमा ढुक्क छ । युवा निर्देशक दीपेन्द्र के खनालले चलचित्रको निर्देशन गरेका हुन् । निर्माता वाग्लेलाई निर्माणमा शर्मिला पाण्डेले साथ दिएकी छिन् ।

चलचित्रमा आयुष्मान देशराज जोशी, प्रियंका कार्की, सुरक्षा पन्त, सन्दिप क्षेत्री, परमिता आरएल राणा, रविन्द्र झा लगायतका कलाकारको अभिनय रहेको छ । डार्क कमेडी जनराको चलचित्रको सार्वजनिक ट्रेलर र गीत संगीत पाटोलाई यतिबेला अडियन्सबाट राम्रो प्रतिक्रिया मिलेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो