मुन्द्रेको कमेडी क्लब युट्युवमा हिट, ट्रेन्डिङको पहिलो नम्बरमा (भिडियो सहित)


Filmy Kura, Nov 8, 2018 at 3:01 pm

अचेल टेलिभिजनमा प्रसारण हुने प्राय जसो कार्यक्रम युट्युवमा पनि राख्ने गरिएको छ । अझ कमेडी जनराको कार्यक्रमले त युट्युवमा अत्याधिक भ्युज समेत पाउने गरेको छ ।

तिहारको पहिलो दिन अर्थात गएको सोमबार देखि नेपाल टेलिभिजनमा एउटा फरक शो प्रसारणमा आएको थियो । नाम थियो, ‘मुन्द्रेको कमेडी क्लब’ । स्टाण्ड अफ कमेडीमा आधारित यो कार्यक्रमको पहिलो एपिसोड टेलिभिजनमा आएपछि यसलाई आमा अग्नीकुमारी नामक युट्युव च्यानलमा राखियो । युट्युवमा राखिएको पहिलो दिन मै ‘मुन्द्रेको कमेडी क्लब’ ले टेन्ड्रिङको पहिलो स्थान मात्र कब्जा गरेन कमेन्ट समेत निकै सकारात्मक बटुल्न सफल भयो । २ दिनमा भिडियोलाई ५ लाख माथिको भ्युज मिलेको छ भने २ हजार जनाले कमेन्ट गरेका छन् । ११ हजारले भिडियोलाई लाइक गरेका छन् भने १ हजार जनाले डिसलाइक गरेका छन् । कतिपय दर्शकले भने अझ कार्यक्रमलाई परिस्कृत गर्दै लैजान सुझाव दिएका छन् ।

नेपाल टेलिभिजनमा प्रत्येक सोमबार राति ८ : ५० मा प्रसारण हुने यो कार्यक्रममा जितु नेपाल, दीपाश्री निरौला, राजाराम पौडेल लगायतका कलाकारले प्रस्तुति दिने गरेका छन् । जितु नेपालले सञ्चालन गर्ने उक्त कार्यक्रममा गेष्टलाई ल्याएर रमाइलो सवाल जवाफ गरिने गरिन्छ । पहिलो एपिसोडमा लेखक तथा कलाकार दिपकराज गिरी अतिथिका रुपमा रहेका थिए । फिल्मीकुरासँग संवाद गर्दै कार्यक्रम सञ्चालक जितु नेपाल मुन्द्रेले भने, ‘कार्यक्रम प्रसारण भएपछि मलाई स्वदेश तथा विदेशबाट धेरै खाले प्रतिक्रिया प्राप्त भयो । आगामी दिनमा दर्शकको पहिलो रोजाईको कार्यक्रम बनाउने उद्देश्य सहित म मिहेनत गर्नेछु । आशा छ सबैको साथ मिल्नेछ ।’

ख्याल रहोस् यो कार्यक्रम नेपाल टेलिभिजनका लागि कि इन्टरटेन्मेन्टले निर्माण गर्दै आइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो