प्रेमलिलाको हिन्दी भर्सनमा आधारित पहिलो गीत रिलिज, दिपशिखा र अलि लिडमा


Filmy Kura, Nov 12, 2018 at 8:20 pm


चलचित्र ‘प्रेमलिला’ को हिन्दी भर्सनमा आधारित पहिलो गीत रिलिज गरिएको छ । युट्युव मार्फत फिल्ममा समावेश ‘जाने क्या हुवा ए’ बोलको गीत रिलिज गरिएको हो ।

सार्वजनिक गीतमा भारतीय मोडल अलि खान र नेपाली नायिका दिपशिखा खड्का फिचर भएका छन् । फिल्ममा समेत यि दुईको प्रमुख भूमिका रहेको छ । अन्तरदेशिय प्रेमभाव बोल्ने यस फिल्मलाई जनक पाण्डेले निर्देशन गरेका हुन् । हाल छोडिएको गीतमा शब्द रचना डाक्टर सागर, संगीत राज शाह तथा स्वर राजा हसन र सौमी शैलेशको रहेको छ । पवन गौतमको छायांकन रहेको फिल्ममा दिपशिखा र अलि बाहेक मौसम खड्का, सुरज तमु, रेखा शाह, शर्मिला शर्मा आदि कलाकारले अभिनय गरेका छन् । फैजिल फिल्मस्को लागि नानीमैया कार्की निर्मित यस फिल्मको प्रदर्शन मिति माघ २५ लाई तोकिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो