साँइलीको फष्ट लुक सार्वजनिक, चालिस कटेसी रमाउने दिन चैत्र १५


Filmy Kura, Nov 16, 2018 at 11:43 am


चलचित्र ‘साँइली’ को फष्ट लुक सार्वजनिक गरिएको छ । फिल्मको पहिलो मुहारसँगै रिलिज डेट समेत निर्माण पक्षले तोकेको छ ।

लेखक तथा निर्देशक रामबाबु गुरुङले चलचित्रको रिलिज मिति चैत्र १५ लाई फिक्स गरिएको जानकारी दिए । केही समय पहिले कालीप्रसाद बाँस्कोटाको संगीतमा हेमन्त राणा स्वरबद्ध ‘साँइली’ बोलको गीत अत्याधिक लोकप्रिय हुन पुगेको थियो । सोही गीतबाट प्रभावित यो फिल्म अब दर्शकले पर्दामा हेर्न पाउने भएका हुन् ।

चलचित्रमा गौरव पहारी र मेनुका प्रधानको मुख्य भूमिका रहेको छ । जिएच इन्टरटेन्मेन्टको व्यानरमा निर्मित यस फिल्ममा गौरव र मेनुका सहित दयाहाङ राई, माओत्से गुरुङ, केनिपा सिंह लगायतको अभिनय रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो