टिभिसी पछि प्रदीप–साम्राज्ञी फिल्ममा एकसाथ देखिदै


Filmy Kura, Nov 17, 2018 at 7:03 am


धेरै दर्शकको अपेक्षा थियो अभिनेता प्रदीप खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले एकसाथ फिल्म खेलेको हेर्ने । अन्तत दर्शकको यो चाहाना अब पूरा हुने भएको छ । शुक्रबार साँझ एक अनटाइटल प्रोजेक्टका लागि निर्देशक हेमराज बिसीले यि दुईलाई अनुबन्ध गरेका छन् ।

यस अघि डिस होमको टिभिसीमा एकसाथ देखिएका प्रदीप–साम्राज्ञीको जोडीलाई दर्शकले अब फिल्ममा हेर्न पाउने भएका हुन् । छिट्टै नाम घोषणा गरिने यो फिल्म ह्याप्पी प्लानेट र काफिया फिल्मस्को व्यानरले निर्माण गर्न लागेको हो । फिल्मका प्रस्तुतकर्ता गोविन्द शाहीका अनुसार फिल्मको छायांकन आगामी जेठसम्ममा सकि सक्ने योजना छ । चार करोड लगानी रहने भनिएको फिल्मको छायांकन जर्मन, फ्रान्स, स्विजरल्यान्ड, बेल्जियम र इटाली लगायतका स्थानमा गरिनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो