मंसिर मै योजनाले औठी खसालेपछि विकास र करिष्माले मर्काए कम्मर (भिडियो)


Filmy Kura, Nov 18, 2018 at 6:57 pm


गायन र सञ्चारकर्मलाई एकसाथ अगाडि बढाएकी योजना पुरीले दर्शक तथा श्रोतामाझ नयाँ गीत ल्याएकी छिन् । केही दिन अघि धुर्मुस सुन्तली युट्युव च्यानल मार्फत उनले ‘औठी खसेछ’ बोलको आफ्नो नयाँ गीतको भिडियो रिलिज गरेकी हुन् ।

विशाल राईको शब्द तथा संगीत रहेको गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका छन् । दर्शकको ध्यान भिडियोले तानियोस् भन्ने हेतुले हास्यकलाकारलाई समेत फिचर गरिएको छ । करिष्मा ढकाल र विकास लामिछानेले अभिनय गरेको यस भिडियोलाई दिपक आचार्यले निर्देशन गरेका हुन् । गीतको भिडियो आकर्षक बनेपनि युट्युवमा भने भ्युज खासै गएको छैन । बुद्धले छायांकन गरेको भिडियोमा सुमन सागर जंग केसीको कोरियोग्राफी हेर्न सकिन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो