प्रसाद प्रिमियरमा नेपाल आइडलका पाँचै प्रतिस्पर्धी पुगे, मिल्यो सुखद प्रतिक्रिया


Filmy Kura, Dec 6, 2018 at 1:38 pm

निसन्तान दम्पतीको कथामा आधारित चलचित्र ‘प्रसाद’को राजधानीमा ग्राण्ड प्रिमियर गरिएको छ । कमलपोखरीमा रहेको विग मूभिजमा बुधबार साँझ सम्पन्न प्रिमियरमा नेपाल आइडलका टप फाइभ कन्टेष्टेन्ट सहित चलचित्रकर्मी तथा पत्रकार सहभागी भएका थिए ।

गलामा हेडफोन लगाएरै नेपाल आइडलका सुमित पाठक फिल्म हेर्न पुगेका थिए । अस्मिता अधिकारी, रवि ओड, अमित बराल निकै एक्साइटेड देखिन्थे । प्रसाद चलचित्रमा पाश्र्व गीत गाएका नेपाल आइडलका विक्रम बराल झन फिल्म हेर्न पुग्दा उत्साहित नहुने कुरै भएन । किनकि उनी त झन यो फिल्मको सदस्य समेत हुन् । फिल्म हेर्नु पूर्व आइडलका पाँचै जना प्रतिस्पर्धीले रेड कार्पेटमा हिडेर फिल्मका र्शीर्ष कलाकार नम्रता श्रेष्ठ र निश्चल बस्नेत सँग सामूहिक फोटो सेसन गरे । चर्चित हास्यकलाकार केदार प्रसाद घिमिरे उर्फ माग्ने बुढाले आइडलका यि पाँचजना सहभागीलाई भेटेपछि कुन्नी के कुरामा जोडले हँसाए । सहभागी अन्य दर्शक सेल्फी लिनमै व्यस्त थिए । लेखक तथा कलाकार दीपराज गिरी पनि प्रसाद हेर्न हल पुगेका थिए । यति मात्र होइन दयाहाङ राई, ऋचा शर्मा लगायतका अन्य कलाकार पनि प्रसाद ग्रहण गर्नको लागि हल सम्म पुगेका थिए ।


चलचित्र प्रसादलाई पत्रकार सुशिल पौडेलले लेखेका हुन् । यस अघि ‘नोभेम्बर रेन’, ‘क्लासिक’, ‘पर्व’ जस्ता फिल्म निर्देशन गरेका दिनेश राउतले ‘प्रसाद’को निर्देशन गरेका हुन् । विवाह पश्चात सन्तान नहुदा दाम्पत्य जीवनमा के कस्तो उतारचढाव आउँछ भन्ने कुरा यो फिल्मले चित्रण गर्न खोजेको छ । फिल्मका मुख्य कलाकार विपिन कार्की भने अस्वस्थ भएका कारण प्रिमियरमा अनुपस्थित थिए ।

फिल्म हेसिकेपछि ‘प्रसाद’ लाई दर्शकबाट एकदमै राम्रो प्रतिक्रिया मिलेको छ । आइडलका पाँचै प्रतिस्पर्धीले फिल्म मनछुने बनेको बताए । समाज मै घट्ने घटना फिल्मले उठाएको भन्दै गहन विषयमा सरल प्रस्तुति सबैलाई मनपर्ने आइडल सहभागीको भनाइ थियो । एभरग्रिन सुपरस्टार भुवन केसीले कलाकार, निर्देशक र लेखक तीनै पक्षको उत्तिकै राम्रो काम भएको भन्दै मुक्तकण्ठले तारिफ गरे । यता चर्चित सञ्चारकर्मी नरेश भट्टराईले फिल्म हेर्नको लागि अपिल नै गरे । नायिका नम्रता श्रेष्ठ प्राप्त प्रतिक्रियाले निकै उत्साहित देखिन्थिन् । आउदो मंसिर २१ शुक्रबारबाट अधिराज्यभर यो चलचित्र रिलिज हुँदैछ । सुभाष थापाले फिल्मको निर्माण गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो