चौका दाउ ट्रेलर रिलिज, स्त्रि मोहमा चार पुरुष चुर्लुम्म (भिडियो)


Filmy Kura, Dec 12, 2018 at 4:37 pm


चार पुरुषमा हुने स्त्रि मोहलाई मुख्यलाई विषय बनाइएको चलचित्र ‘चौका दाउ’ को रमाइलो ट्रेलर रिलिज भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी फिल्मको ट्रेलर आउट गरिएको हो ।

सार्वजनिक ट्रेलर कमेडीले भरिएको छ । ‘उर्वशी’ को रोलमा नायिका वर्षा राउतले अभिनय गरेकी छिन् । उनै वर्षाको पछि चार पुरुष एकोहोरो रुपले लागेको ट्रेलरमा देखाइएको छ । पौष २७ लाई रिलिज मिति तय गरिएको यो फिल्ममा वर्षा सहित सन्तोष पन्त, तैयाव शाह, विल्सन विक्रम राई, रविन्द्र झा, निर्मल शर्मा, अजश्र ढुंगाना, सोनिका केसी लगायतको मुख्य भूमिका छ । प्रसिद्ध संगीतकार शम्भुजित बाँस्कोटाको कथा समावेश यो फिल्मलाई पूर्णेन्दु झाले निर्देशन गरेका हुन् । सौर्यजित बाँस्कोटा र मनोराज भण्डारीको संयुक्त लगानीमा चलचित्र तयार भएको हो । अभिमन्यु निरवीको लेखन रहेको ‘चौका दाउ’ लाई दिर्घ गुरुङले खिचेका हुन् ।

चलचित्रमा रोशन श्रेष्ठको द्धन्द निर्देशन, शम्भुजितको संगीत तथा मित्र गुरुङको सम्पादन रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो