गाईसँग रमाउँदै विपिन, गोपीमा पोष्टर देखियो भिन्न रुप


Filmy Kura, Dec 12, 2018 at 4:53 pm


चलचित्र ‘गोपी’ को अफिसियल पोष्टर सार्वजनिक गरिएको छ । टौवा क्रियशनले डिजाइन गरेको पोष्टरमा फिल्मका मुख्य कलाकार विपिन कार्की गाईसँग रमाउँदै गरेको देख्न सकिन्छ । अर्को एक पोष्टरमा भने विपिन मोटरसाइकलमा गाईको दुध बेच्न जाँदै गरेको अवस्था चित्रण गरिएको छ । पोष्टरमा विपिनको दायाँ बायाँ नायिकाद्धय वर्षा राउत र सुरक्षा पन्तलाई पनि फिचर गरिएको छ ।

चलचित्र ‘गोपी’ गौपालन गर्ने एक युवाको कथामा आधारित छ । पत्रकार दीपेन्द्र लामाको कथा तथा निर्देशनमा तयार ‘गोपी’ मा विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत लगायतका कलाकारले मुख्य भूमिका निभाएका छन् । फिल्म आउदो माघ १८ गते सार्वजनिक प्रदर्शनमा आउँदैछ । आरोही इन्टरटेन्मेन्टको व्यानरमा निर्मित फिल्मको कार्यकारी निर्माता श्रीधर पौडेल हुन् । आरोही केसीको लगानीमा यो चलचित्र तयार भएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो