क्याप्टेनको रहर छ सँगै.. रिलिज, अनमोल–उपासना जोडी कति सुहायो ? (भिडियो)


Filmy Kura, Dec 13, 2018 at 7:34 pm


फुटबल खेलसँग सम्बन्धित चलचित्र ‘क्याप्टेन’ को पहिलो गीत रिलिज गरिएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी फिल्ममा समावेश रोमान्टिक गीत रिलिज गरिएको हो ।

फिल्म खेलसँग रिलेटेड भएपनि गीत भने रोमान्टिक बनाइएको छ । नायक अनमोल केसीसँग डेव्यु नायिका उपासना सिंह ठकुरी फिचर छिन् । अन्जु पन्त र सुगम पोखरेलको युगल स्वर रहेको गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् । कविराज गहतराजको कोरियाग्राफी रहेको गीत डिजिटल पार्टनर ओ.एस.आर युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

फागुन १७ गते रिलिज मिति तय गरिएको यस फिल्ममा अनमोल एक फुटबलरको भूमिकामा देखिएका छन् । गीत रिलिज समारोहमा बोल्दै उनले भने, ‘यो फिल्म गर्दा मैले ३ महिना फुटबल प्रशिक्षण लिएको छु । अन्य फिल्म भन्दा मलाई यसमा केही फरक रुपमा पाउनु हुनेछ । आशा छ तपाईलाई क्याप्टेन मन पर्नेछ ।’ उनलाई खेलाडी हरिी खड्काले प्रशिक्षण गराएका थिए । चलचित्रमा अर्की डेव्यु एक्ट्रेस प्रियंका एमभीको पनि मुख्य रोल रहेको छ । त्यसो त बरिष्ठ कलाकार सुनिल थापा देखि सरोज खनाल, प्रशान्त ताम्राकार सम्म फिल्ममा अटाएका छन् । सुपर काजोल फिल्मस्का लागि भुवन केसीले यो चलचित्रको निर्माण गरेका हुन् । उनले स्पोर्टस् ड्रामा फिल्म बनाउन निकै गाह्रो रहेको अनुभव बताए । यो चलचित्रले खेलाडीको मनोबल अझ बनाउने निर्माता केसीको भनाइ थियो । चलचित्रलाई दिवाकर भट्टराईले लेखन तथा निर्देशन गरेका हुन् । फिल्म सुटिङ गर्दा एन्फा देखि फुटबल खेलाडी सम्मले साथ दिएको कारण ‘क्याप्टेन’ बनाउन सम्भव भएको लेखक तथा निर्देशक भट्टराईले जानकारी दिए ।

चलचित्रमा जिया केसी कार्यकारी निर्मात्रीको रुपमा रहेकी छिन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो