जीवन काँडा कि फूलको पोष्टर र रिलिज डेट सार्वजनिक


Filmy Kura, Dec 14, 2018 at 12:34 pm

‘जीवन काँडा कि फूल’ नामक चलचित्रको पोष्टर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फिल्मको पोष्टर रिलिज गरिएको हो । सार्वजनिक दुई पोष्टरमा झमक घिमिरेको जीवनशैली उतारिएको छ ।

मदन पुरस्कार विजेता साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित यो चलचित्र आगामी चैत्र २२ गते सार्वजनिक प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ । बिनोद विष्टको निर्माता तथा निर्देशन रहेको यो फिल्ममा रोजिता बुद्धचार्य, सारिका घिमिरे, किशन सुनार, उमा बेबी, स्विकृति शर्मा, टिका सुवेदी लगायतका कलाकारले अभिनय गरेका छन् ।


२०६७ सालको मदन पुरस्कार प्राप्त कृति ‘जीवन काडा कि फूल’मा आधारित यो चलचित्रको पोष्टर चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको थियो । कार्यक्रममा बरिष्ठ कलाकार मोहन निरौला, लय संगौला, उत्तम केसी, निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ, चलचित्रका निर्माता तथा निर्देशक बिनोद बिष्ट, चलचित्रकी सहनिर्माता तथा गायिका जुनु गौतम, सङ्गीतकार राजु सिह, नायक धिरेन शाक्य लगायतका व्यक्तित्व उपस्थित थिए ।

चर्चित साहित्यकार घिमिरेले अपाङ्ग भएकै कारण बाल्यकालमा भोग्नु परेको सामाजिक, पारिवारिक घृणा र तिरस्कारको कहानीलाई पुस्तकमा उतारेकी थिइन् । घिमिरेको जन्मस्थान धनकुटा, धरानको वीपी मेमोरियल अस्पताल र काठमाडौंमा यो फिल्मको छायाँकन गरिएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो