युट्युव ट्रेन्डिङको पहिलो स्थानमा क्याप्टेन गीत (भिडियो)


Filmy Kura, Dec 14, 2018 at 12:46 pm


रिलिज गरिएको ८ घण्टा मै चलचित्र ‘क्याप्टेन’ को गीतले युट्युव ट्रेन्डिङको पहिलो स्थान कब्जा गरेको छ । अचेल ट्रेन्डिङको होडबाजी नै चलेको छ । २० घण्टामा ४ लाख भन्दा बढी हेरिएको ‘रहर छ सँगै’ बोलको गीतमा अनमोल केसी र उपासना सिंह ठकुरी फिचर भएका छन् ।

काजोल फिल्मस्का लागि अभिनेता भुवन केसी निर्मित यो फिल्ममा आगामी फागुन १७ गते अल नेपाल रिलिज हुँदैछ । चलचित्र फुटबल खेल सँग सम्बन्धित छ । अनमोल पहिलो पटक भिन्न अवतारमा प्रस्तुत भएका छन् । चलचित्रमा अनमोल र उपासना सँगै सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, प्रियंका लगायतको अभिनय रहेको छ ।

दिवाकार भट्टराईले यो चलचित्रको लेखन तथा निर्देशन गरेका छन् । यस अघि अनमोल अभिनित फिल्म हेर्न दर्शक हलमा लाइन लागेर आउने गरेका थिए । यो पटक भिन्न इश्यु उठाएका कारण टिमलाई चुनौती र अवसर दुवै रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो