ज्योतिषीबाट हिरो बनेका हरिहर शुभलभ पोष्टरमा यस्तो देखिए


Filmy Kura, Dec 14, 2018 at 1:02 pm


सेलिब्रेटी ज्योतिष हरिहर अधिकारी नायक भएर खेलेको चलचित्र ‘शुभ लभ’ को पोष्टर सार्वजनिक गरिएको छ । पोष्टरमा हरिहरसँगै डेव्यु एक्ट्रेस क्रिष्टिन पौडेल फिचर छिन् ।

प्रदीपकुमार उदय प्रस्तुत यो चलचित्र आगामी चैत्र १५ गते रिलिज हुने निर्माण पक्षले जनाएको छ । प्रेम कथामा आधारित यो फिल्मलाई सन्तोष बाबु लोहनीले निर्देशन गरेका हुन् । धर्मराज शर्मा सुवेदी निर्मित ‘शुभ लभ’ मा सरोज खनाल, राजाराम पौडेल, रविन्द्र झा, प्रदीप बास्तोला लगायतका कलाकारले अभिनय गरेका छन् । धेरै व्यक्तिको ग्रहफल हेरेर शुभ अशुभ बताउने स्वयम ज्योतिष हरिहरलाई चाहि फिल्म क्षेत्र शुभ होला या नहोला त्यो भने चैत्र १५ सम्म कुर्नै पर्ने हुन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो