माइजु भान्जाको रोचक संवादले भरिएको गरुड पुराण ट्रेलर सार्वजनिक (भिडियो)


Filmy Kura, Dec 24, 2018 at 5:38 pm


सामाजिक कथावस्तुमा आधारित चलचित्र ‘गरुड पुराण’ को ट्रेलर सार्वजनिक भएको छ । माइजु र भान्जाले बोल्ने रोचक संवादले दर्शकलाई हसाउन बाध्य बनाउँछ ।

सोमबार बिहान राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको अफिसियल ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्रमा कर्मा शाक्य, नाजिर हुँसेन, प्रियंका सिंह तुलाधर, कामेश्वर चौरासिया, प्रविन खतिवडा, प्रकाश घिमिरे, रश्मी भट्ट, बसन्त भट्ट, कृष्णभक्त महर्जन, जान्वी बोहरा, सरोज श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । पुराण सुनेर हाँस्ने दिन माघ ४ भनेर स्लोगन तय गरिएको यस चलचित्रलाई सुवास कोइरालाले निर्देशन गरेका हुन् । कसम नेपालको कथामा अजित प्रजापति र अशोक गौतमले संयुक्त रुपमा ‘गरुड पुराण’ को निर्माण गरेका हुन् ।

चलचित्रमा नाजिर ब्याण्ड बाजा बजाउने चरित्रमा देखिएका छन् भने कर्माले एकोहोरो प्रेम अभिव्यक्त गरेको पाउन सकिन्छ । डायलग हँसाउने खालको भएका कारण पनि माघ ४ मा दर्शकको साथ यो फिल्मलाई मिल्न सक्छ । हाइलाइट्स युट्युव च्यानल मार्फत विश्वव्यापी रुपमा रिलिज गरिएको ट्रेलर झण्डै ३ मिनेटको छ । आकाश बरालको संवाद, उज्वल ढकालको सम्पादन तथा कोशिस क्षेत्रीको संगीत चलचित्रमा रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो