पब्लिसिटीको नयाँ ट्रेण्ड, जय श्री दामको १५ मिनेट भिजुअल सामाग्री आउट


Filmy Kura, Dec 24, 2018 at 6:04 pm


चलचित्र चलाउन पछिल्लो समय मेकरले प्रचार प्रसारमा भिन्न भिन्न तरिका अपनाउन थालेका छन् । यसैबीच ‘जय श्री दाम’ नामक चलचित्र यूनिटले भने पूरा फिल्मको १५ मिनेट भिजुअल सामाग्री नै आउट गरेको छ । यस अघि २ देखि ३ मिनेटको ट्रेलर छाडिदै आएकोमा यो फिल्म निर्माण यूनिटले भने १५ मिनेटको भिजुअल सामाग्री आउट गर्दै नयाँ ट्रेण्ड स्थापित गर्न खोजेको हो ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निर्माण यूनिटले फिल्मको टुक्रे भिडियो सार्वजनिक गर्दै अन्तरक्रिया गरेको थियो । केही पत्रकारले अधुरो फिल्म देखाएर के गर्न खोजेको भन्दै जिज्ञासा राखेका थिए । चलचित्र कमेडी जनरामा निर्माण गरिएको छ । विप्लप उप्रेतीको निर्देशन रहेको यस फिल्ममा अमृत ढुंगाना, विनोद न्यौपाने, राजन खतिवडा, प्रमोद अग्रहरी, जेविका कार्की, विष्णु सापकोटा लगायतका कलाकारले अभिनय गरेका छन् । फिल्मलाई विप्लप उप्रेती र अमरदिप सापकोटाले लेखेका हुन् । ग्रामिण परिवेशको कथा उठाइएको फिल्ममा गरिवी, उमेरगत प्रेम अनि त्यसले निम्त्याउने अप्ठेराहरुलाई देखाउन खोजिएको छ ।

यहि पौष २० गते चलचित्र अल नेपाल प्रदर्शन हुँदैछ । रविन आचार्यको छायांकन रहेको चलचित्रलाई पृथ्वी उप्रेती र मनोज उप्रेतीले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रको गीतमा सुशान्त गौतमले संगीत भरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो