लोकलयमा आधारित साईनो फिल्मको कलरफूल गीत सार्वजनिक (भिडियो)


Filmy Kura, Feb 25, 2019 at 9:05 pm


नेपालको प्रथम नायिका भुवन चन्दले निर्माण गरेको चलचित्र ‘साईनो’ फिल्मको पहिलो गीत रिलिज गरिएको छ । सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा फिल्ममा समावेश लोकलयमा आधारित गीत सार्वजनिक गरिएको हो ।


गीतको भिडियो निकै कलरफूल देखिएको छ । सार्वजनिक गीतमा बरिष्ठ सर्जक चेतन कार्कीको शब्द रचना, बसन्त सापकोटाको संगीत तथा मेलिना राई र प्रताप दासको स्वर रहेको छ । रामजी लामिछानेले कोरियोग्राफी गरेको गीतमा नायिका मिरुना मगर र डेव्यु नायक राज कुमार फिचर भएका छन् । समारोहमा बोल्दै नायिका मिरुनाले भुवन थापा जस्तो लिजेन्डसँग एकसाथ काम गर्न पाउनु आफ्नो लागि सौभाग्य भएको बताइन् । उनले भनिन्, ‘भुवन म्यामले कोरेको बाटोमा हिड्न पाउदा खुसी लागेको छ । यूके बस्दै आएपनि नेपाली कलाकारिताले मलाई तान्यो । अहिले यहि क्षेत्र प्यारो लाग्छ ।’ यता राजकुमारले आफूलाई विश्वास गरेर यो टिममा लिएकोमा आभार व्यक्त गरे । यि दुईको अलवा फिल्ममा नीता ढुंगाना, भुवन चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, रोयदिप श्रेष्ठ, श्याम राई लगायतका कलाकारले अभिनय गरेका छन् । कार्यक्रममा नायिका नीताले गीत हेर्दा आफू किन यो गीतमा अटाउन सकिन भन्ने लागेको भन्दै गीत निकै लोभलाग्दो बनेको बताइन् । नायिका भन्दा पनि कलाकार भएर अनन्तकाल सम्म रहि रहन आफूले चाहेको उनको भनाइ थियो ।


चन्द्र विनायक फिल्म प्रोडक्सनको प्रस्तुत चलचित्र ‘साईनो’ लाई रमेश थापाले निर्देशन गरेका हुन् । डेव्यु निर्देशक थापाले फिल्म हरतरहबाट राम्रो बनाउने कोसिस गरेको भनाइ राखे । भुवन चन्द प्रस्तुत चलचित्रमा शरण थापाको सह–लगानी रहेको छ । अभिमन्यु निरवीको लेखनमा तयार यो चलचित्र आगामी जेठ १० गते सार्वजनिक प्रदर्शनमा आउनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो