प्रदीप– जसिता स्टारर लभ स्टेशन ट्रेलर रिलिज, देखियो त्रिकोणात्मक प्रेम (भिडियो)


Filmy Kura, Mar 5, 2019 at 4:46 pm


त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र ‘लभ स्टेशन’ को ट्रेलर रिलिज गरिएको छ । मंगलबार काठमाडौंमा रहेको क्यूज सिनेमा हलमा पत्रकार सम्मेलन गरी फिल्मको अफिसियल ट्रेलर रिलिज गरिएको हो ।

प्रदीप खड्का र जसिता गुरुङ स्टारर यो फिल्मको ३ मिनेट लामो ट्रेलरमा माया, प्रेम, विछोडको साथ कमेडी पन्चलाई समेत राखिएको छ । काफिया फिल्मस्को लागि गोविन्द शाही निर्मित फिल्मलाई उज्वल घिमिरेले निर्देशन गरेका हुन् । समारोहमा बोल्दै नायक प्रदीप खड्काले फिल्म गर्दाको अनुभव सुनाएका थिए । उनले भने, ‘एउटा फिल्म राम्रो हुन होल टिम कै कार्य राम्रो हुनुपर्छ । यो पटक निर्देशक उज्वल घिमिरेको निर्देशनमा काम गर्न पाएर धेरै कुरा सिके । मिहेनत सबैले गरेका कारण रिजल्ट उत्कृष्ट आउछ भन्नेमा आशावादी छु ।’ यता नायिका जसिता गुरुङले उज्वल घिमिरे आफ्नो गुरु भएको भन्दै काफिया फिल्मस्ले विश्वास गरि दोस्रो पटक लिएकोमा धन्यवाद दिइन् ।

सञ्चारकर्मीले निर्माता–निर्देशकबीचमा हुने टकराव र झगडालाई लिएर समेत प्रश्न गरेका थिए । निर्माता गोविन्द शाहीले यो विषयमा प्रष्ट्याउँदै आफू १५ वर्ष देखि फिल्म क्षेत्रमा कार्य गर्दै आएको र के गर्दा राम्रो फिल्म बन्छ भन्नेमा प्राय निर्देशकसित डिस्कस हुने गरेको बताए । यो कुरामा सहमती जनाउदै निर्देशक घिमिरेले राम्रो प्रोडक्ट निकाल्नको लागि निर्मातासँग सामान्य द्धन्द चल्नु खासै ठूलो कुरा नभएको तर्क गरे । चलचित्रमा त्रय संगीतकार शम्भुजित बाँस्कोटा, राजनराज शिवाकोटी र दीपक शर्माले संगीत भरेका छन् । फिल्मको ट्रेलर आकर्षक बनेको भन्दै बरिष्ठ संगीतकार शम्भुजितले पूर्ण फिल्म दर्शकलाई मन पर्ने ठोकुवा गरे ।

सार्वजनिक ट्रेलरलाई शाहिल खानले काटेका हुन् । प्रदीप जसिताको अलवा फिल्ममा रमेश बुढाथोकी, सरु विष्ट, रवि डंगोल, प्रिया रिजाल, प्रकाश शाह, कालु राना लगायतको अभिनय रहेको छ । दार्जिलिङ, सिकिम, इलाम, भियतनाम जस्ता ठाउँमा छायांकन गरिएको ‘लभ स्टेशन’ आगामी चैत्र २२ गते सार्वजनिक प्रदर्शनमा आउँदैछ । आलोक शुक्लले खिचेको फिल्ममा कुमार श्रेष्ठको द्धन्द, अर्जुन जिसी र लोकेश बज्रचार्यको सम्पादन तथा एलिश कार्कीको व्याकराउण्ड स्कोर रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो