यात्राको चट्ट रुमाल गीत सार्वजनिक, श्रष्टालाई सम्मान (भिडियो)


Filmy Kura, Mar 5, 2019 at 5:32 pm


चलचित्र ‘यात्रा’ को गीत सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच फिल्ममा समावेश ‘चट्ट रुमाल’ बोलको गीत रिलिज गरिएको हो ।

२०५७ सालमा निर्मित ‘आफ्नो मान्छे’ फिल्ममा समावेश गीत ‘चट्ट रुमाल’ बोलको गीतलाई रिमेक गर्दै ‘यात्रा’ फिल्ममा राखिएको हो । उतिबेला यो गीतले चलचित्रको बजारमा छुट्टै तरङ्ग पैदा गरेको थियो भने फिल्म पनि उतिकै हिट भएको थियो । ‘यात्रा’ को यस रिमेक गीत सार्वजनिक समारोहमा श्रष्टालाई सम्मान समेत गरियो ।


गीतका गायक तथा संगीतकार शम्भुजित बाँस्कोटा, नृत्य निर्देशक राजु शाहलाई बरिष्ठ चलचित्रकर्मी यादव खरेलबाट कदर पत्र प्रदान गरिएको हो । स्व. नायक श्रीकृष्ण श्रेष्ठको कदर पत्र भने पत्नी श्वेता खड्कालाई प्रदान गरिएको थियो । केशव भट्टराई निर्मित ‘यात्रा’ मा सुशिल पोखरेल र सर्जमान लिगलको समेत लगानी रहेको छ । फिल्ममा सलिनमान बानिया, सलोन बस्नेत, रियर राई, प्रेक्षा बज्रचार्य, जान्ही बस्नेत, विशाल कटुवाल, प्रकाश अधिकारी, धिरेन शाक्य, राजाराम पौडेल लगायतका कलाकारले अभिनय गरेका छन् । सम्राट शाक्यको लेखन तथा निर्देशन रहेको फिल्म आगामी चैत्र २९ गते देशभर प्रदर्शनमा आउँदैछ ।


सलिनको क्रेज रहेका कारण पनि युथ अडियन्स हल सम्म फिल्म हेर्न आउनेमा निर्माण यूनिट ढुक्क छ । सार्वजनिक गीतमा भने धर्मेन्द्र सेवान र मेलिना राईले आवाज भरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो