उपराष्ट्रपति पुनले हेरे क्याप्टेन, गरे कथा र प्रस्तुतिको खुलेर प्रशंसा


Filmy Kura, Mar 11, 2019 at 7:22 pm


उपराष्ट्रपति नन्द किशोर पुनले सोमबार राजधानीमा रहेको विग मूभिजमा चलचित्र ‘क्याप्टेन’ हेरेका छन् । फिल्म हेरेपछि संक्षिप्त प्रतिक्रिया दिदै उनले कथा र प्रस्तुतिकरण राम्रो लागेको बताए ।

भुवन केसी निर्मित फिल्म हेरेपछि उनले भने, ‘यो चलचित्र राम्रो लाग्यो । यस्तै राष्ट्रियता बोकेको चलचित्र निर्माण गर्दै जानु भन्ने मेरो शुभकामना छ ।’ उपराष्ट्रपति पुनले विगतमा राजेश हमाल, भुवन केसी र शिव श्रेष्ठ अभिनित फिल्म धेरै हेरेको समेत स्मरण गरे । उनले यि तीन कलाकार आफूलाई निकै मनपर्ने समेत तर्क गरे । फुटबललाई वेस बनाएर निर्माण गरिएको चलचित्र हाल दोस्रो सातामा प्रदर्शन भइरहेको छ ।

दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको यस फिल्ममा अनमोल केसी, प्रशान्त ताम्राकार, सुनिल थापा, उपासना सिहं ठकुरी, प्रियंका एमभी लगाएका कलाकारले अभिनय गरेका छन् । फिल्म हेर्न उपराष्ट्रपतिसगै नायक शिव श्रेष्ठ, गायिका अन्जु पन्त लगायतका व्यक्तित्व पुगेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो