चलचित्र दाल भात तरकारीको शीर्ष गीत रिलिज, आफ्नै रेकर्ड तोड्न चुनौती (भिडियो)


Filmy Kura, Mar 15, 2019 at 6:53 pm


चलचित्र ‘दाल भात तरकारी’ को शीर्ष गीत रिलिज गरिएको छ । शुक्रबार काठमाण्डौंमा एक कार्यक्रमका बीच फिल्मको शीर्ष गीत सार्वजनिक गरिएको हो ।

यस अघि फिल्ममा समावेश ‘भिजिट भिसामा’ गीतले युट्युवमा १ करोड माथिको भ्यूज पाइसकेको छ । आज सार्वजनिक गीतमा हरिवंश आचार्यको शब्द, शम्भुजित बास्कोटाको संगीत तथा राजेश पायल राई र स्मिता दाहालको स्वर रहेको छ । एक महिना पहिले सार्वजनिक गीत जनजिब्रोमा झुण्डिन सफल छ तर यो पटक रिलिज गरिएको गीत सुन्दै आएको गीत भन्दा अलिक भिन्न लाग्न सक्छ । ‘भिजिट भिसामा’ ले जसरी दर्शक माया अत्याधिक पाएको छ शीर्ष गीतलाई पनि के त्यस्तै साथ मिल्ला त ? यो पटक आफ्नै रेकर्ड तोड्ने चुनौती टिमलाई छ ।

गीत सार्वजनिक समारोहमा बोल्दै संगीतकार शम्भुजित बास्कोटाले भने, ‘नेपाली गीत संगीत अन्तर्राष्ट्रिय स्तरमा पनि गुन्जियोस् भन्ने मेरो चाहाना छ । अन्य मूलुकका व्यक्तिले पनि नेपाली भाषाको गीत गुन गुनाएको हेर्ने मन छ ।’ आजैको दिन उनको जन्मदिन समेत परेको थियो । हरिवंश, किरण केसी र सुदन केसीसँग आफ्नै घरमा राति अबेर सम्म बसेर ‘दाल भात तरकारी’ को संगीत सिर्जना गरेको उनले स्मरण गरेका थिए । यो गीतमा आँचल शर्मा, पुष्पल खड्का, निरुता सिंह र हरिवंश आचार्य फिचर भएका छन् । प्रविन सिंहले गीतको कोरियाग्राफी गरेका हुन् ।

सुदन केसी निर्देशित फिल्मलाई हरिवंश आचार्यले लेखेका हुन् । मह सञ्चार प्रस्तुत किरण केसीको ‘दाल भात तरकारी’ नयाँ वर्ष २०७६ को बैशाख २० गते सार्वजनिक प्रदर्शनमा आउँदैछ । दिर्घ गुरुङको छायांकन रहेको फिल्मलाई मित्र डि गुरुङले सम्पादन गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो