ए मेरो हजुर ३ को गीत सार्वजनिक, सुहायो त अनमोलसँग सुहानाको जोडी ? (भिडियो)


Filmy Kura, Mar 15, 2019 at 7:34 pm


चलचित्र ‘ए मेरो हजुर ३’ को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । बुढा सुब्बा डिजिटल मार्फत रिलिज गरिएको गीतमा नायक अनमोल केसी र डेव्यु नायिका सुहाना थापा फिचर भएका छन् ।

प्रत्येक फिल्ममा नायक अनमोलले नयाँ नायिकासँग काम गर्दै आएका छन् । यस पटक भने अभिनेत्री तथा निर्देशक झरना थापाको छोरीसँग अनमोलको जोडी बाधिएको छ । यि दुईको जोडी कतिको दर्शकप्रिय बन्ने हो रिलिज संघार सम्म कुर्नैपर्ने हुन्छ । यद्धपि प्रतिक्षित चलचित्रको रुपमा ‘ए मेरो हजुर ३’ लाई हेरिएको छ, कारण यस अघि झरनाको डेव्यु निर्देशन रहेको ‘ए मेरो हजुर २’ ले अत्याधिक दर्शक हल बटुल्न सफल भएको थियो । सोही फिल्मबाट डेव्यु हिरो सलिनमान बानियाको भाग्य चम्कियो । यो पटक झरनाले आफ्नै छोरीलाई नायिकाको रुपमा डेव्यु गराएकी छिन् । अमेरिकामा पढ्दै आएकी सुहानाको फिल्मी भविष्य समेत यसै फिल्मले निर्धारण गर्दैछ ।

सार्वजनिक गीतमा सुगम पोखरेल र प्रविशा अधिकारीको स्वर रहेको छ । एकनारायण भण्डारीको शब्द रचना रहेको गीतमा आशिष अविरलले संगीत भरेका छन् । आगामी चैत्र २९ गतेलाई रिलिज मिति तय गरिएको फिल्ममा सुनिल कुमार थापाको लगानी रहेको छ । अभिनेत्रीमा सफल ठहरिएकी झरनालाई दोस्रो निर्देशकिय सिर्जनाले कतिको साथ दिने हो त्यो पनि पखाईको विषय बनेको छ । चलचित्रमा अनमोल र सुहानाको अलवा अर्पण थापा, सलोन बस्नेत, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, विशाल पहाडी लगायतको अभिनय रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो