जात्रै जात्राको पहिलो गीत रिलिज, जेठ पहिलो साता फिल्म लाग्ने


Filmy Kura, Mar 17, 2019 at 4:28 pm


चलचित्र ‘जात्रै जात्रा’ को पहिलो गीत रिलिज गरिएको छ । डान्सिङ नम्वरको यो गीतमा निशान भट्टराई र मनिषा पोखरेलको आवाज रहेको छ ।

आइतबार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको गीत सार्वजनिक गरिएको हो । लेखु सहयात्रीको शब्दमा कृष्ण भारद्वाज संगीतबद्ध गीतमा निश्चल बस्नेत, करिष्मा मानन्धर, वर्षा राउत, विपिन कार्की, रविन्द्र झा र दयाहाङ राई फिचर भएका छन् । निकै रमाइलो यो गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । यससँगै निर्माण यूनिटले फिल्म रिलिजको मिति समेत सार्वजनिक गरेको छ । आगामी जेठ ३ गते यो चलचित्र देशभरका सिनेमा घरमा प्रदर्शन हुने भएको छ ।

‘जात्रा’ हिट भएपछि सोही टिमले ‘जात्रै जात्रा’ टाइटलमा अर्को फिल्म निर्माण गरेको हो । प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको यस फिल्ममा लगानी भने रविन्द्र सिंह बानिया, सिंगे लामा र यज्ञशवर पौड्यालले गरेका हुन् । चलचित्रमा विपिन कार्की, दयाहाङ राई, रविन्द्रसिंह बानिया, रविन्द्र झा, वर्षा राउत, राजाराम पौडेल, प्रकाश घिमिरे लगायतका कलाकारले अभिनय गरेका छन् ।
‘जात्रा’ को सफलताले हौसिएर निर्माण गरिएको सिक्वेल कतिको बम्पर हिट होला त्यो भने जेठ सम्म कुर्नुै पर्ने हुन्छ । शिवराम श्रेष्ठले छायांकन गरेको फिल्मलाई मित्र डि गुरुङले सम्पादन गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो