ट्रेन्डिङ नम्वर वानमा अनमोल–सुहाना जोडी, २ दिनमा मिलियन भ्यूज


Filmy Kura, Mar 17, 2019 at 5:34 pm


नायक अनमोल केसी र नव नायिका सुहाना थापा अभिनित चलचित्र ‘ए मेरो हजुर ३’ को २ दिन पहिले सार्वजनिक गीत युट्युव ट्रेन्डिङको पहिलो नम्वरमा परेको छ । रिलिज गरिएको २ दिन मै गीतको भ्यूज समेत मिलियन क्रस भएको छ ।

रोमान्टिक यो गीतमा १२ लाख बढि भ्यूज मिल्दा ६ हजार जनाले कमेन्ट व्यक्त गरेका छन् । प्राय जसोले सुहाना थापालाई झरना थापा जस्तै देखिएको बताएका छन् । कतिपयले भने अनमोल आफ्नो बेष्ट हिरो भएको कमेन्टमा लेखेका छन् । अभिनेत्री तथा निर्देशक झरना थापाको छोरी हुन् सुहाना । सुनिल कुमार थापा निर्मित यो चलचित्रलाई उनै झरना थापाले निर्देशन गरेकी हुन् । अडियन्सले गीत हेरिसकेपछि ट्रेलरको व्यग्र प्रतिक्षामा रहेको बताएका छन् ।

यहि चैत्र २९ गते रिलिज हुने यस फिल्ममा अनमोल र सुहानाको अलवा अर्पण थापा, सलोन बस्नेत, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम लगायतको अभिनय रहेको छ । ट्रेन्डिङको पहिलो स्थानमा परेको गीतमा भने सुगम पोखरेल र प्रविशा अधिकारीको स्वर सुन्न सकिन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो