गायक ढकालले गरे प्रतिक्षासँग प्रेम विवाह


Filmy Kura, Mar 17, 2019 at 6:07 pm


गायनमा मात्र सिमित नभइ आफूलाई संगीतकार तथा गीतकारको रुपमा समेत प्रस्तुत गरेका विनोद ढकालले प्रेम जीवनलाई विवाहमा परिणत गरेका छन् । केही दिन अघि मात्र उनले वुटवल निवासी प्रतिक्षा भण्डारीसँग धुमधामका साथ विवाह गरेका हुन् । यि दुई केही समय पहिले देखि प्रेममा रहेका थिए ।


३० वर्षीय गायक ढकाल डेढ दशक देखि संगीत क्षेत्रमा आबद्ध छन् । उनले ‘मोक्ष’, ‘किङ’, ‘लालटिन’ लगायतका चलचित्रमा समेत पाश्र्व गीत गाएका छन् । छिट्टै उनी ‘थ्रि पिस रेडियो’ बोलको गीत दर्शक तथा श्रोता माझ ल्याउने तयारीमा छन् । वैवाहिक जीवन सुरु गरेका उनले फिल्मीकुरासँग कुरा गर्दै भने, ‘मेरो फिल्डलाई बुझ्ने जीवनसाथी पाएको छु । भोलिको दिनमा अझ संगीत क्षेत्रमा नयाँ नयाँ सिर्जना लिएर आउनेछु । विगत झै दर्शकले माया तथा साथ दिनु हुनेछ भन्ने पूर्ण आशा छ ।’


स्टेज कार्यक्रममा आफ्नो पावरफूल प्रस्तुतिसँगै दारी र कपालका कारण दर्शकमाझ क्लिक भएका उनले विवाहको लागि ६ वर्ष पालेको कपाल र दारी काटेका थिए ।

दारी र कपाल काट्दा उनले खोलेका केही रहस्यमय कुरा तलको लिङ्कमा क्लिक गरी हेर्न सक्नुहुनेछ


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो