५ दर्जन हलमा कागजपत्र प्रदर्शन, प्रिमियरमा मिश्रित प्रतिक्रिया


Filmy Kura, Mar 22, 2019 at 12:18 pm


शुक्रबार अर्थात आजदेखि झण्डै ५ दर्जन हलमा चलचित्र ‘कागजपत्र’ प्रदर्शन भएको छ । अपिल विष्ट निर्देशित फिल्म विवाहको किर्ते कागज गरी अष्ट्रेलिया जाने युवाको कथामा केन्द्रित छ ।


प्रदर्शनको अघिल्लो दिन बिहीबार साँझ काठमाडौंको क्यूज सिनेमा हलमा ‘कागजपत्र’ को प्रियिमर शो गरिएको थियो । चलचित्रको यूनिटसँगै पत्रकार तथा आमन्त्रित अतिथि प्रिमियर शोमा उपस्थित भएका थिए । प्रिमियर शो हेरेपछि यो चलचित्रलाई मिश्रित प्रतिक्रिया मिलेको छ । कतिपयले समसामयिक विषय माथि व्यङ्ग्यात्मक ढङ्गबाट फिल्म प्रस्तुत गरिएको प्रतिक्रिया दिएका छन् भने कतिपयले डबल मिनिङको प्रयोगले फिल्म कलात्मक भन्दा भद्दा देखिएको बताएका छन् ।


नाजिर हुेसन, शिल्पा मास्के, भोलाराज सापकोटा र सरिता गिरीको मुख्य भूमिका फिल्ममा रहेको छ । शो हेरेपछि संक्षिप्त प्रतिक्रिया दिदै कलाकार भोलाले भने, ‘किर्ते कागज गरी विदेश जान खोज्नेले यो फिल्म हेरेपछि यसका गाह्रा अप्ठेराको बारेमा थाहा पाउनेछ । भोलिको दिनमा यसरी जानेको संख्यामा कमी आउछ कि भन्ने लागेको छ ।’ फिल्ममा डबल मिनिङवाला संवाद प्रयोगको विषयमा उनले सिचुएशनल कमेडी भएकोले बोलीचालीको भाषा प्रयोग गरिएको भनाइ राखे । यता कलाकार शिल्पा मास्केले पहिलो फिल्म भएकाले कमीकमजोरी धेरै भएको स्विकारिन् । उनले आगामी दिनमा यस्ता कमी कमजोरीलाई अझ सुधार्दै लैजाने बताइन् । कलाकार नाजिरले डिफरेन्ट क्यारेक्टरमा आफूलाई प्रस्तुत गर्न पाउदा खुसी लागेको बताए । कलाकारितामा लाग्दा फ्रस्टेसन आएपनि कहिले विदेश जाउ भने आफूलाई नभएको उनको भनाइ थियो ।

निर्देशक अपिलले चलचित्र दर्शकलाई मनपर्ने दाबी गरेका छन् । प्रिमियर शोमा निर्देशक रामबाबु गुरुङ, कलाकार दयाहाङ राई, गौरव पहारी लगायतका व्यक्तित्व समेत उपस्थित थिए । इपि इजुकेशन अष्ट्रेलिया प्रस्तुत यो चलचित्रलाई खिलेन्द्र तिमिल्सिना, मुकेश रेग्मी र प्रजापति शिवाकोटीले संयुक्त रुपमा निर्माण गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो