चलचित्र विकास बोर्डको अध्यक्षमा भट्टराई नियुक्त


Filmy Kura, Mar 22, 2019 at 12:54 pm


कलाकार तथा निर्माता केशव भट्टराई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई २ वर्षको लागि बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यस अघिको कार्यकालमा निकिता पौडेल बोर्ड अध्यक्ष भएकी थिइन् तर कार्यकाल नसकिदै उनले राजिनामा दिइन् । त्यसपश्चात सञ्चार मन्त्रालयले खुल्ला प्रतिस्पर्धाबाट आवेदन माग गरेको थियो । केशव सहित सुचित्रा श्रेष्ठ, योगेश घिमिरे, नरेश कुमार केसी लगायतले आवेदन दिएका थिए । बोर्ड अध्यक्षमा नियुक्त भट्टराई नेपाल चलचित्र निर्माता संघका वरिष्ठ उपाध्यक्ष तथा जनपक्षीय चलचित्रकर्मी संघका अध्यक्ष हुन् ।

उनी निर्मित पछिल्लो चलचित्र ‘यात्रा’ रिलिजको क्रममा रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो