ए मेरो हजुर ३ को अर्को गीत सार्वजनिक, अनमोल–सुहाना भन्दैछन् परान


Filmy Kura, Mar 22, 2019 at 1:17 pm


चलचित्र ‘ए मेरो हजुर ३’ मा समावेश अर्को गीत रिलिज गरिएको छ । शुक्रबार युट्युव मार्फत यो फिल्मको लोकलयमा आधारित गीत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा आशिष अविरल र अन्जु पन्तको स्वर रहेको छ । आनन्द अधिकारीको शब्दमा आशिष अविरलको संगीत तथा एरेन्ज यो गीतमा रहेको छ । गीतमा अनमोल दउरा सुरुवाल लगाएर नाचेका छन् । यो चलचित्र यहि चैत्र २९ गते सार्वजनिक प्रदर्शनमा आउदैछ । झरना थापा निर्देशित यो फिल्मलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । सुहानाले यसै फिल्मबाट नायिकाको रुपमा डेव्यु गरेकी छिन् । अनमोल–सुहानाको अलवा फिल्ममा सलोन बस्नेत, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम लगायतको अभिनय रहेको छ ।

डेव्यु निर्देशनमा बनेको फिल्म ‘ए मेरो हजुर २’ व्यवसायिक रुपमा सफल भएपछि झरनाले यसको सिक्वेल निर्देशन गरेकी हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो