अनमोल–सुहानाको परानलाई २४ घण्टामा वान मिलियन भ्यूज


Filmy Kura, Mar 23, 2019 at 2:08 pm


अनमोल केसी र सुहाना थापा अभिनित चलचित्र ‘ए मेरो हजुर ३’ मा समावेश गीत ‘परान’ लाई युट्युवमा रिलिज गरिएको २४ घण्टामा वान मिलियन अर्थात १० लाख भ्यूज मिलेको छ । यस अघि कुनैपनि चलचित्रमा समावेश गीतलाई १ दिन मै यतिको धेरै भ्यूज प्राप्त भएको थिएन । यद्धपि युट्युवमा गीत र ट्रेलर हेर्ने अडियन्स हलसम्म आउछन् भन्ने चाहि कुनै ग्यारेन्टी हुँदैन ।

त्यसो त अचेल चलचित्रकर्मी युट्युवमा प्राप्त हुने भ्यूज र ट्रेन्डिङमै दङ्ग परिरहेका छन् । यता हलमा भने दर्शक संख्या दिनानुदिन घट्दै गइरहेको छ । अपेक्षा गरिएका चलचित्र नै व्यापारिक रुपमा घाटा व्यहोरिरहेका छन् । सुनिल कुमार थापा निर्मित ‘ए मेरो हजुर ३’ लाई झरना थापाले निर्देशन गरेकी हुन् । फिल्मको केही दिन भित्रै ट्रेलर सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ ।

सुहानाले यसै चलचित्रबाट नायिकाको रुपमा डेव्यु गरेकी छिन् । अनमोल अहिलेका चल्तीका नायकमा पर्छन् । चैत्र २९ फिल्म रिलिज हुने डेट हो । नयाँ वर्ष २०७६ लाई लक्षित गर्दै रिलिजमा आउन लागेको चलचित्रका गीतले हाल सिने बजारमा राम्रै चर्चा बटुलेको छ । यस अघि सार्वजनिक गीतलाई एक हप्तामा २१ लाख पटक हेरिएको छ । त्यसो त नेटको पहुँचमा आम नेपाली क्रमिक रुपमा पुग्नुले पनि युट्युवमा राखिएको सामाग्रीमा भ्यूज बढ्दै गएको हो ।

अनमोल–सुहानाको अलवा यो फिल्ममा सलोन बस्नेत, अर्पण थापा, रविन्द्र झा, रुपा घिसिङ लगायतका कलाकारको अभिनय रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो