आर्थिक लेनदेनमा कुरा नमिल्दा बल्छी र राजु मास्टरले छोडे मेरी बास्सै


Filmy Kura, Mar 24, 2019 at 4:27 pm


कलाकार तथा निर्देशक राजु पौडेल (राजु मास्टर) र मरिचमान श्रेष्ठ (बल्छी धुर्वे) ले चर्चित टेलिफिल्म ‘मेरी बास्सै’ अबका दिनदेखि नखेल्ने भएका छन् । यि दुईले औपचारिक रुपमा ‘मेरी बास्सै’ छोडेको फिल्मीकुरालाई जनाएका छन् ।

मिडिया हबद्धारा प्रस्तुत हास्य टेलिशृङ्खला ‘मेरी बास्सै’ मा पछिल्लो समय लेखन तथा निर्देशनको जिम्मेवारी समेत यि दुईले सम्हाल्दै आएका थिए । फिल्मीकुरासँग संवाद गर्दै कलाकार तथा निर्देशक मरिचमान श्रेष्ठ (बल्छी) ले मिडियाहबसँग आर्थिक लेनदेनमा कुरा नमिलेपछि सहमती मै आफूहरु बाहिरिएको स्पष्ट पारे । उनले थपे, ‘हामी दुई कसैसँग झगडा गरेको निस्किएको होइन । भद्र सहमती मै सोम धिताल सरसँग आर्थिक लगायतका कतिपय कुरामा मत नमिलेपछि हामी बाहिरिएको हो ।’ उनले ‘मेरी बास्सै’ छोडेपनि यहि क्यारेक्टरमा अर्को नयाँ हास्य शृङ्खलामा छिट्टै दर्शकले हेर्न पाउने बताएका छन् । पछिल्लो समय टेलिभिजन हेर्ने दर्शकमा कमि आएको बताउँदै उनले आगामी दिनमा युट्युवलाई लक्षित गर्दै मनोरन्जनात्मक कार्यक्रम लिएर आउने बताए ।

यस भन्दा पहिले कलाकार तथा निर्देशक केदार घिमिरे ‘माग्ने बुढा’ मिडिया हब र सहकर्मी सिताराम कट्टेल ‘धुर्मुस’ सँग कुरा नमिलेपछि बाहिरिएका थिए । त्यस यता ‘मेरी बास्सै’ लाई धुर्मुस र कुन्जना घिमिरे ‘सुन्तली’ ले लेखन तथा निर्देशन गर्दै आएका थिए । तर पूर्ण रुपमा सामाजिक कार्यमा जोडिएपछि यि दुईले पनि टेलिफिल्मलाई समय दिन सकेनन् । यसपश्चात भने राजु मास्टर र बल्छीले लेखन निर्देशनको पाटो सम्हालेका थिए । धुर्मुस र माग्ने बुढा नभएपछि ‘मेरी बास्सै’ खस्किएको गुनासो दर्शकले गर्दै आएका थिए ।

यि दुई बाहिरिए पनि ‘मेरी बास्सै’ भने नियमित प्रसारणमा आउनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो