अभिनेत्री करिष्माले दिइन् एसईई परीक्षा, एकदिन अघि आयो डा. भट्टराईको फोन


Filmy Kura, Mar 24, 2019 at 4:56 pm


अभिनेत्री करिष्मा मानन्धरले एसईईको परीक्षा दिएकी छिन् । एसईई परीक्षा आज देखि सुरु भएको हो । पछिल्लो समय फिल्म र राजनीति क्षेत्रबाट विश्राम लिदै उनले पढाईलाई प्राथमिकता दिदै आएकी थिइन् ।

परीक्षामा भाग लिनु अघि संक्षित प्रतिक्रिया दिदै उनले भनिन्, ‘मेरो चाहना हाइ स्कोर गर्ने होइन् । उत्तिर्ण गर्ने हिसाबले तयारी गरिरहेको छु । तर परीक्षाको अघिल्लो रात कस्तो कस्तो चाहि लाग्दो रहेछ ।’ उनले परीक्षाको अघिल्लो दिन नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले फोन गरेर शुभकामना दिएको बताइन् । आज अंग्रेजी विषयको परीक्षा हो । परीक्षामा देशभरबाट ४ लाख ७५ हजार परीक्षार्थी सहभागी छन् ।

मैतिदेवीको त्रिवेणी हाइस्कूलमा करिष्माले दुई वर्ष अघि कक्षा ८ मा औपचारिक रुपमा भर्ना भएर अध्ययन अगाडि बढाएकी थिइन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो