चलचित्र यात्राको ट्रेलर रिलिज, गाउको प्रतिभा खोज्दै सलिन (भिडियो)


Filmy Kura, Mar 25, 2019 at 6:46 pm


चलचित्र ‘यात्रा’ को ट्रेलर रिलिज गरिएको छ । सोमबार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको अफिसियल ट्रेलर सार्वजनिक गरिएको हो ।

चैत्र २९ रिलिज हुने चलचित्रको ट्रेलरमा ग्रामिण भेगको प्रतिभालाई राष्ट्रिय स्तरमा चिनाउने प्रयास गरिएको छ । एक दृष्टिविहिनको गाउने कला माथि यो फिल्म केन्द्रित छ । चलचित्रमा सलिनमान बनियाँ, सलोन बस्नेत, रेयर राई, प्रेक्षा बज्रचार्य, जान्वी बस्नेत, विशाल कटुवाल, मल्लिका महत, राजाराम पौडेल लगायतका कलाकारले अभिनय गरेका छन् ।


सोलुखुम्बु, हेटौटा लगायतका स्थानमा छायांकन गरिएको यो फिल्मलाई सम्राट शाक्यले लेखन तथा निर्देशन गरेका हुन् । ट्रेलर रिलिज समारोहमा बोल्दै कलाकार सलिनले लौरा बिनाको यात्रा तय गरेको भन्दै सम्पूर्ण दर्शकलाई यो यात्रामा लौरो बनि साथ दिन आग्रह गरे । एकै मितिमा अनमोल केसी अभिनित फिल्म पनि लाग्ने प्रसंगमा उनले भने, ‘उहाँ नम्वर वान हुनुहुन्छ । फिल्म एकसाथ लाग्दैछ । बरु म हार्छु तर भाग्दिन ।’ यता कलाकार सलोनले सोलुखुम्बुमा सुटिङ हुदा मोबाइल, टिभी र नेटले काम नगर्दा बुक पढेको समेत अनुभव सुनाए ।

केशव भट्टराई प्रस्तुत चलचित्रमा सुशिल पोखरेल र सर्जुमान लिगलको लगानी रहेको छ । चलचित्रलाई सञ्जय लामाले खिचेका हुन् । हिमाल केसीको द्धन्द, बनिष शाहको सम्पादन तथा प्रविन सिंहको कोरियोग्राफी चलचित्रमा रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो