अशोकको रातो टिका निधारमा साम्राज्ञी अनुबन्ध, लिइन् चर्को पारिश्रमिक


Filmy Kura, Apr 1, 2019 at 2:49 pm


नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह चलचित्र ‘रातो टिका निधारमा’ मा अनुबन्ध भएकी छिन् । पाका चलचित्रकर्मी अशोक शर्माको निर्माण तथा निर्देशनमा बन्न लागेको फिल्ममा उनी निकै चर्को पारिश्रमिक लिएर अनुबन्ध भएकी हुन् ।

आगामी वैशाख देखि छायांकन प्रारम्भ हुने फिल्मका लागि नायिका शाह र निर्देशक शर्माले आज पेपर हस्ताक्षर गरेका छन् । केही दिन पहिले मात्र अशोकलले नायिका नीता ढुंगानालाई पनि यसै फिल्मका लागि अनुबन्ध गरेका थिए । दुई नायिकाको साथमा आफ्नो छोरा अंकित शर्मालाई उनले पहिलो पटक चलचित्र जगतमा भित्राउदै छन् । आगामी दशैंमा रिलिज लक्ष्य राखिएको यस फिल्ममा साम्राज्ञी, अंकित, नीता सहित बुद्धि तामाङ, रविन्द्र झा, जयनन्द लामा, लक्ष्मी गिरी, राजाराम पौडेलको अभिनय रहनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो