जात्रै जात्रामा सुनकाण्डको कथा, ट्रेलरमा ट्विस्ट (भिडियो सहित)


Filmy Kura, Apr 26, 2019 at 5:26 pm


३३ किलो सुन कहाँ हरायो भन्ने प्रश्नको जवाफ अझै प्रहरी प्रशासनले दिन सकेको छैन । अनुसन्धान जारी छ भन्ने प्रशासनको रेडिमेड जवाफ यथावत छ । यहि करेन्ट इश्युलाई लिएर चलचित्र ‘जात्रै जात्रा’ निर्माण गरिएको छ । फिल्मको शुक्रबार ट्रेलर रिलिज गरिएको छ । ट्रेलरमा यहि सुनकाण्डको विषय मुख्य रुपमा उठान गरिएको छ ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको यस फिल्ममा विपिन कार्की, दयाहाङ राई, रविन्द्र सिंह बानिया, रविन्द्र झा, वर्षा रात, राजाराम पौडेल लगायतको अभिनय रहेको छ । जेठ ३ गते अल नेपालमा प्रदर्शनमा आउने यस चलचित्रलाई सिंगे लामा, यज्ञश्वर पौडेल र रविन्द्र सिंह बानियाले संयुक्त रुपमा निर्माण गरेका हुन् । यस अघि प्रदीपको डेव्यु निर्देशन रहेको ‘जात्रा’ ले बक्स अफिसमा राम्रो व्यापार गरेको थियो । सोही सफलताबाट उत्साहित भएर यो टिमले ‘जात्रै जात्रा’ निर्माण गरेको हो ।

चलचित्रमा शिवराम श्रेष्ठको छायांकन, प्रविन सिंह र कविराज गहतराजको नृत्य तथा काली प्रसाद बाँस्कोटा र कृष्ण भारद्वाजको संगीत रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो