दाल भात तरकारीको आइटम गीत रिलिज, प्रियंकाको हट अवतार (भिडियो)


Filmy Kura, Apr 26, 2019 at 5:38 pm


चलचित्र ‘दाल भात तरकारी’ को आइटम गीत रिलिज गरिएको छ । शुक्रबार युट्युव च्यानल मह सञ्चारबाट फिल्मको आइटम सङ्ग सार्वजनिक गरिएको हो ।

‘एन्टीबायोटिक खाउला’ बोलको गीतमा नायिका प्रियंका कार्की फिचर भएकी छिन् । उनको हट अवतार गीतमा देख्न सकिन्छ । हरिवंश आचार्यको शब्दमा शम्भुजित बाँस्कोटा संगीतबद्ध गीतलाई मिना निरौलाले गाएकी छिन् । चलचित्रलाई सुदन केसीले निर्देशन गरेका हुन् । हास्यकलाकार किरण केसीका छोरा हुन् सुदन । उनको यो डेव्यु निर्देशन हो । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, आँचल शर्मा लगायतको अभिनय रहेको छ । मह सञ्चारको लागि किरण केसी प्रस्तुत यो चलचित्र यहि वैशाख २० गते सार्वजनिक प्रदर्शनमा आउँदैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो