दीपक–दीपाको छ माया छपक्कैको औपचारिक निर्माण घोषणा


Filmy Kura, Apr 29, 2019 at 6:01 pm


आगामी बडा दशैलाई रिलिज टार्गेट गर्दै चलचित्र ‘छ माया छपक्कै’ को औपचारिक निर्माण घोषणा गरिएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी दीपकराज गिरी र दीपाश्री निरौलाले आगामी ड्रिम प्रोजेक्ट घोषणा गरेका हुन् ।

दुई दशक देखि चलचित्र पत्रकारिता गर्दै आइरहेका दीपेन्द्र लामाले यो चलचित्रको निर्देशन गर्नेछन् । यस अघि ‘घामपानी’ र ‘गोपी’ फिल्म निर्देशन गरेका दीपेन्द्रको यो तेस्रो निर्देशनमा बन्न लागेको चलचित्र हो । जसमा स्वयम निर्देशक लामाको कथा रहेको छ । समारोहमा कलाकार दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र केकी अधिकारीले चलचित्रको मुर्हुत सट दिएका थिए । अहिले सम्म यि ४ कलाकार मात्र छनोट भएका छन् । दीपकराज गिरीको पटकथा रहेको फिल्ममा संवाद अभिमन्यू निरवी, दीपक, जितु नेपाल र केदार घिमिरेले संयुक्त रुपमा मिलेर लेखेका हुन् । प्रेमकथामा आधारित कमेडी जनराको यो चलचित्रमा रोहित अधिकारीको लगानी रहनेछ । निर्देशन सल्लाहकारको रुपमा दीपाश्री निरौला रहेकी छिन् । सञ्चारकर्मीको जिज्ञासाको जवाफ समेत यो टिमले दिएको थियो । यस अघि यो टिमले बनाएको सबै फिल्मले राम्रो व्यापार गरेको थियो ।


केकी र दीपक यो फिल्ममा जोडीको रुपमा देखिदैछन् । नायिका केकीले यो टिमसँग जोडिदा धेरै कुरा सिक्ने अवसर प्राप्त हुने धारणा राखिन् । यो टिममा निर्देशक माथि हस्तक्षेप ज्यादा हुने गर्छ नी भन्ने पत्रकारको प्रश्नमा दीपकले भने, ‘यसलाई हस्तक्षेप नभनौ सहयोगी भूमिका भनौ । कुनै पनि फिल्म राम्रो हुनुमा टिमवर्क राम्रो हुनु आवश्यक छ । निर्देशकको आफ्नो भिजन हुन्छ त्यसमा अन्य साथीले यसरी गरौ भनेर सल्लाह दिनु भनेको सहयोगी भूमिका खेल्नु हो ।’

जितु नेपाल र केदार घिमिरे कार्यकारी निर्माताको रुपमा रहेको फिल्मलाई यो वर्षकै प्रतिक्षित फिल्मको रुपमा हेरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो