अशुसेन लामाको ओके छ त नी सार्वजनिक, भिमफेदी गाइजसँग एलिशाको छमछमी (भिडियो)


Filmy Kura, Apr 30, 2019 at 4:13 pm


गायक, संगीतकार तथा रचनाकार अशुसेन लामाको नयाँ गीत ‘ओके छ त नी’ सार्वजनिक भएको छ । मंगलबार भिमफेदी गाइज युट्युव च्यानलबाट उनको नयाँ गीत रिलिज गरिएको हो ।

स्वयम गायक लामाको शब्द तथा संगीतमा तयार यस गीतको भिडियोमा मोडल एलिशा राई र भिमफेदी गाइज फिचर भएका छन् । रोमान्टिक यस गीतको भिडियोलाई निर्मल लामाले निर्देशन गरेका हुन् । यस अघि नेपाल आइडल सिजन वानका विजेता बुद्ध लामासँगको सहकार्यमा अशुसेनले ‘सानी नरिसाउ’ र ‘सोल्टीनी’ बजारमा ल्याएका थिए । आगामी दिनमा दर्शक श्रोताको रोजाई अनुसार कै गीत निकाल्ने उनको भनाइ छ । साउथ एसियन स्टार नेपालका विनर समेत रहेका अशुसेन पछिल्लो समय उत्कृष्ट गीत संगीत सिर्जनामै व्यस्त छन् । यस अघिको गीत जस्तै ‘ओके छ त नी’ लाई पनि आम श्रोता तथा दर्शकले मन पराउनेमा उनी विश्वस्त छन् ।

सार्वजनिक भिडियोलाई पवन सुस्लिङले छायांकन तथा सम्पादन गरेका हुन् ।

हेर्नुस् यस्तो बनेको छ भिडियो

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो