त्रिकोणात्मक प्रेमकथामा खलनायक २ बन्ने, हुने छैनन् राजेश विराज र निखिल


Filmy Kura, May 2, 2019 at 8:09 pm


आज भन्दा १२ वर्ष अघिको सुपरहिट चलचित्र ‘खलनायक’ को सिक्वेल निर्माण हुने भएको छ । पछिल्लो समय सिक्वेल निर्माण गर्ने क्रम बढिरहदा निर्माता रोज राणाले ‘खलनायक २’ दर्शकमाझ ल्याउने भएका हुन् ।

उतिबेलाको हिट यो फिल्ममा राजेश हमाल, निखिल उप्रेती, विराज भट्ट र झरना थापाको प्रमुख भूमिका थियो । तर सिक्वेलमा यि कुनै पनि कलाकार नहुने निर्माता रोज राणाले फिल्मीकुरालाई बताए । उनले टेलिफोन संवादमा भने, ‘अहिले राजेश जि टेलिभिजन कार्यक्रम तिर व्यस्त हुनुहुन्छ । विराज जि आफै फिल्म निर्माण निर्देशन गर्दैहुनुहन्छ । यता निखिल जि पनि आफ्नै प्रोजेक्टमा बिजी । खलनायक २ मा नयाँ चलेका कलाकार हुनेछन् ।’ यतिबेला कलाकार छनोट प्रक्रियामा रहेकाले कसैसँग साइन भइनसकेको उनले बताए । चलचित्र ‘खलनायक’ मा समावेश गीत ‘मागेर पाउने’ लाई भने रिमेक गरी सिक्वेलमा राखिने उनले जानकारी दिए ।

आउदो साउन महिनाबाट चलचित्र फ्लोर जाने तय गरिएको निर्माता रोजको भनाइ छ । उनले यो फिल्ममा आफू टोटली मेकरको रुपमा मात्र प्रस्तुत हुने बताएका छन् । त्यसो त यस अघि आफू निर्मित फिल्ममा उनले नायकको रुपमा समेत काम गरेका थिए । चलचित्रका लेखक मौनता श्रेष्ठ हुन् । उनले फिल्म पूर्ण त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको बताए । उनले थपे, ‘१२ वर्ष अघिको सफलता दोहो¥याउने गरी कथामा मिहेनत गरेका छौ । फिल्म मसलेदार बन्नेमा म विश्वस्त छु ।’

चलचित्रलाई गोविन्द सिंह भण्डारीले निर्देशन गर्नेछन् । उनले यस अघि ‘मेरो पैसा खोई’ मा सह निर्देशक भएर काम गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो