विराज भट्टले गरे साङ्लो निर्माण घोषणा, वैशाख २४ देखि सुटिङ गरिने


Filmy Kura, May 3, 2019 at 6:49 pm


नायक विराज भट्टले आफ्नै निर्माण तथा निर्देशनमा चलचित्र ‘साङ्लो’ बनाउने भएका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले विराज भट्ट फिल्म प्रोडक्सनको व्यानरमा ‘साङ्लो’ निर्माणको औपचारिक घोषणा गरेका हुन् ।

तेजबहादुर खड्का र विराजको लगानी रहने यस फिल्ममा २०१७ कि मिस नेपाल निकिता चाण्डकले नायिकाको रुपमा डेव्यु गरेकी छिन् । उनले फिल्मको स्क्रिप्ट र विराजले गर्ने व्यवहारको कारण आफू यो फिल्म गर्न राजी भएको बताइन् । स्क्रिप्ट पढ्दै गर्दा आफू रोएको भन्दै फिल्म राम्रो बन्नेमा आशावादी रहेको भनाइ राखिन् । यता नायक विराजले कलाकारितामा विगत दुई दशक देखि संगालेको अनुभवको आधारमा आफू पहिलो पटक फिल्म निर्माण तथा निर्देशनमा होमिएको बताए । उनले भने, ‘म भोजपुरी फिल्म पनि बनाउन सक्थे तर मलाई नेपाली फिल्मको असाध्यै माया लाग्छ । मेरो सुरुवात नेपाली फिल्मबाट भयो । त्यसैले गर्दा म राम्रो नेपाली फिल्म दर्शकमाझ दिन चाहान्छु ।’ उनले निर्माण गर्न लागेको ‘साङ्लो’ भोजपुरी र हिन्दीमा समेत डब हुनेछ । यहि वैशाख २४ गतेदेखि फिल्मको छायांकन प्रारम्भ गरिनेछ । काठमाडौं र सुदुरपश्चिमका केही भेगहरुमा यो फिल्मको छायांकन गरिने निर्माता, नायक तथा निर्देशक विराजले बताए ।


विराजको अपोजिटमा निकिता रहनेछिन् भने प्रकाश शाह, अमित गिरी, कामेश्वर चौरासिया, आरपी पन्त लगायतका कलाकारको फिल्ममा अभिनय रहनेछ । एक्सन लभस्टोरी जनरामा निर्माण हुन लागेको यो फिल्ममा कथा शिवम अधिकारीले लेखेका हुन् । मानकृष्ण महर्जनले छायांकन गर्ने फिल्ममा सुरेश अधिकारी, राजनराज शिवाकोटीको संगीत रहनेछ भने श्री श्रेष्ठले द्धन्द निर्देशन गर्नेछन् । फिल्मको रिलिज मिति भने हाल तय गरिएको छैन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो