शिक्षिकाको हत्यारा वरिपरि घुमेको कुम्भ करण, हुँदैछ जेठ १७ मा रिलिज


Filmy Kura, May 12, 2019 at 11:54 am

शिक्षिकालाई आफ्नो प्रेममा पार्न अनेक जाल बुन्दै गर्दा उनको अचनाक कुनै समूहबाट हत्या भएपछि उत्पन्न हुने द्धन्दमाथि चलचित्र ‘कुम्भ करण’ निर्माण भएको छ । यो चलचित्र आगामी जेठ १७ गते देशभर प्रदर्शनमा आउँदैछ । यस अघि घोषित मितिमा फिल्म रिलिज हुन नसकेपछि नयाँ डेट लिएर प्रचार प्रसारको तयारी गरिएको छ ।

शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी फिल्मको अफिसियल ट्रेलर सार्वजनिक गरिएको हो । आकाश पल इन्टरटेन्मेन्ट प्रस्तुत ‘कुम्भ करण’ मा भोलाराज सापकोटा, निशा अधिकारी, गौरव पहारी, अभय बराल, प्रमोद अग्रहरी, आकाश पल, कुल्दिप अधिकारी, कमल गाउले, प्रतिभा क्षेत्री लगायतको अभिनय रहेको छ । महेश दवाडीको पटकथा तथा संवाद रहेको यस फिल्मलाई युवा निर्देशक दीपक वलीले निर्देशन गरेका हुन् । करण श्रेष्ठ ‘क्रेजी’ को वितरण रहने यस फिल्ममा क्षितिज बस्नेत, चुपनिधी रिजाल र चित्र बहादुर घर्ति मगरको लगानी रहेको छ । कमेडी जनरामा निर्माण भएको फिल्मको संवादले दर्शकलाई पूर्ण मनोरञ्जन प्रदान गर्न सक्छ भन्ने कुरा ट्रेलरलाई आधार मानेर अनुमान लगाउन सकिन्छ । चलचित्रमा गोविन्द मधुर आचार्यको संगीत, सुरेन बसेलको नृत्य, मिलन श्रेष्ठको सम्पादन तथा हरि घले लामाको छायांकन रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो