वीर विक्रम २ को भव्य प्रिमियर, के भने त सेलिव्रेटीजले ?


Filmy Kura, May 16, 2019 at 4:01 pm


चलचित्र ‘विर विक्रम २’ भो राजधानी काठमाडौंमा बुधबार साँझ रोयल कार्पेट प्रिमियर शो गरिएको छ । भव्यताका साथ सम्पन्न प्रिमियर शोमा नेपाली चलचित्र क्षेत्रका चर्चित अनुहार उपस्थित थिए । भुवन केसी, शिव श्रेष्ठ, सन्दिप क्षेत्री देखि तेरिया मगरसम्म प्रिमियर शोमा उपस्थित थिए ।

पल शाह, नाजिर हुसेन, वर्षा शिवाकोटी र बुद्धि तामाङको मुख्य भूमिका रहेको चलचित्रको प्रिमियरमा लिड कलाकारलाई बाजा बजाएर स्वागत गरिएको थियो । फिल्म हेरिसकेपछि भुवन केसी र शिव श्रेष्ठले कलाकार बुद्धि तामाङको एक्टिङको तारिफ गरे । यता फिल्म निर्देशिकय रुपमा समेत राम्रो बनेको भन्दै यि दुईले निर्देशक मिलन चाम्सलाई बधाई दिए । प्रेम, मित्रता र त्यसभित्रको द्धन्दमा यो फिल्म केन्द्रित छ । यता तेरिया मगरले चलचित्र राम्रो लागेको बताइन् भने गायक प्रमोद खरेलले सबै कलाकारको एक्टिङ तारिफ योग्य रहेको बताए । हास्यकलाकार सन्दीप क्षेत्रीले फिल्मलाई लिएर असल मित्रता सबैमा हुनुपर्ने भनाइ राखे ।

चलचित्र हेर्ने सबैजसोले ‘वीर विक्रम २’ सरल र मिठासपूर्ण बनेको बताएका थिए । कलाकार पल, वर्षा र नाजिरले प्राप्त प्रतिक्रियाबाट हौसला मिलेको बताए । केही नयाँ गर्ने कोसिस आफूहरुको तर्फबाट गरेको यि तीनको भनाइ थियो । बुद्धि तामाङलाई हेर्दै आएको भन्दा भिन्न चरित्रमा निर्देशकले ढालेका छन् । प्रदीप भारद्वाजको लेखन रहेको फिल्मलाई सुदीप बरालले खिचेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो