झण्डै ३ हजार आवदेनबाट २५ जनाको छनौट, को बन्लिन् गीत ?


Filmy Kura, May 24, 2019 at 4:56 pm

चर्चित फिल्म ‘प्रेमगीत’ को सिक्वेल ‘प्रेमगीत ३’ को लागि नयाँ हिरोइनको खोजि गर्दै आसुसेन फिल्मस्ले केही समय पहिले आवदेन खुल्ला गरेको थियो । ‘गीत’ पात्रको लागि २७१४ जनाले आवदेन दिएकोमा शुक्रबार टिमले त्यसमध्येबाट टप ट्वान्टी फाइभको लिस्ट सार्वजनिक गरेको छ ।

२०७२ सालमा निर्माण भएको ‘प्रेमगीत’ को लागि उतिबेला ‘प्रेम’ को चरित्र निर्वाह गरेका नायक प्रदीप खड्का पनि अडिसन मार्फत नै छानिएका थिए । उक्त फिल्मले नायक प्रदीपलाई एउटा चर्चाको शिखरमा मात्र पु¥याएन त्यसपछि उनलाई लिएर फिल्म बनाउन निर्माता लाइन नै लागे । ‘प्रेमगीत २’ मा निर्माता सन्तोष सेनले नयाँ हिरोइन अश्लेषा ठकुरीलाई डेव्यु गराए । अहिले ‘प्रेमगीत ३’ को लागि भने सर्वाधिक आवेदन आएको हो । टप ट्वान्टी फाइभबाट अब एक जना सेलेक्ट गरिनेछ । अहिले छानिएका उत्कृष्ट २५ जना सहभागीहरु मध्येबाट एकजना गीतको छनोट भने निर्देशक, क्यामेराम्यान र कोरियोग्राफरको टिमले गर्नेछ ।

यसै फिल्मबाट निर्माता सन्तोष सेनले निर्देशनमा डेव्यु गर्दैछन् । लेखक छेतेन गुरुङ र सेनको निर्देशनमा बन्ने यो फिल्मको रिलिज डेट समेत घोषणा गरिएको छ । आगामी चैत्र २८ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्ममा प्रदीपको अपोजिटमा यि २५ मध्ये कसले एकसाथ स्क्रिन सेयर गर्न पाउला त ?

हेर्नुस् तस्बिरमा यस्ता छन् उत्कृष्ट २५


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो