नेपाली फिल्म पासवर्डमा बलिउड अभिनेत्री सन्नी लियोनको धमाकेदार नृत्य (भिडियो)


Filmy Kura, Jun 13, 2019 at 6:07 pm


बलिउड अभिनेत्री सन्नी लियोनले एक नेपाली चलचित्रमा आइटम डान्स गरेको भिडियो सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाली चलचित्र ‘पासवर्ड’ मा समावेश उक्त आइटम गीत रिलिज गरिएको हो ।

अर्जुन पोखरेलको संगीतमा दुर्गा खरेलको स्वर रहेको गीतमा बलिउड अभिनेत्री लियोन र नेपाली नायक विक्रम जोशी फिचर भएका छन् । एक क्लबको माहोलमा खिचिएको भिडियोमा कलाकार अनुप विक्रम शाही र बुद्धि तामाङ समेत देखिएका छन् । ‘आजको साम’ बोलको यस गीतलाई विक्रम जोशीले लेखेका हुन् भने महाराज थापाले बलिउडकै झल्को दिने एरेन्ज गरेका छन् । विष्णु देवाको कोरियोग्राफी रहेको गीतले दर्शकको ध्यान खिच्न सक्छ । झण्डै ३ दर्जन फिल्ममा एक्सन डिरेक्टर भएर काम गरेका सम्राट बस्नेतले ‘पासवर्ड’ को निर्देशन गरेका हुन् । उनको डेव्यु निर्देशन रहेको यस फिल्ममा अमित बस्नेत, हिरल जोशी र अंकित गौतमको लगानी रहेको छ ।

केही बलिउड फिल्ममा को–प्रोड्युसर भएर काम गरेका अमितले नेपाली फिल्मलाई विश्वस्तरमा पु¥याउने ध्येयका साथ यो फिल्ममा लगानी गरेको कार्यक्रममा खुलासा गरे । उनले भने, ‘सन्नी लियोनलाई नचाउनुमा विजनेश पर्पस् सहित नेपाली फिल्मका कलाकारको स्तर अझ बढाउने अभिप्रायले गरिएको हो । म नेपाली फिल्मको बजार अन्तर्राष्ट्रिय रुपमा फैलाउने सोच लिएर आएको छु ।’ चलचित्रमा सन्नी लियोन, अनुप विक्रम शाही, विक्रम जोशी, बुद्धि तामाङ, प्रविण खतिवडा, रविन्द्र झा लगायतको मुख्य भूमिका रहेको छ । सुटिङका कारण शीर्ष कलाकार भने अनुपस्थित थिए । नेपाल र यूकेका विभिन्न स्थानमा छायांकन गरिएको यो फिल्म आगामी भदौ २७ गते सार्वजनिक प्रदर्शनमा आउँदैछ ।

एक्सन थ्रिल जनरामा निर्मित यस फिल्मको बजेट निकै हाइ रहेको निर्माण पक्षको दाबी छ । यद्धपि निर्माण यूनिटले बजेटको विषयमा यति नै खर्च भयो भनेर किटानका साथ खुलासा भने गरेको छैन । सन्नीलाई निकै उच्च पारिश्रमिक दिएर नेपाली फिल्मको गीतमा डान्स गराइएको बताइएको छ । एबी इन्टरनेशनलको व्यानरमा निर्मित यस फिल्ममा सिमा गुरुङको कथा, सौरभ लामाको छायांकन, अर्जुन जिसीको सम्पादन तथा सम्राट बस्नेतको द्धन्द रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो