३३ औं जन्मदिन सेलिव्रेसनमा नम्रताले सार्वजनिक गरिन् जाइरा पोष्टर


Filmy Kura, Jun 14, 2019 at 2:36 pm


आज जेठ ३१ गते शुक्रबार नायिका नम्रता श्रेष्ठ ३२ वर्ष पूरा भई ३३ वर्षमा प्रवेश गरेकी छिन् । उक्त जन्मदिन सेलिव्रेसन कार्यक्रममा उनले आफू निर्मात्री तथा अभिनेत्री भएर काम गरेको चलचित्र ‘जाइरा’ को अफिसियल पोष्टर सार्वजजिक गरेकी छिन् ।


काठमाडौंमा उनले सञ्चालन गर्दै आएको एटिक लाउन्जमा पत्रकार सम्मेलन गरी जन्मदिनको उपलक्ष्यमा फिल्मको पोष्टर सार्वजनिक गरिएको हो । उमेरले तीन दशक पार भएकी नम्रताले बिहेको बारेमा भने तत्काल केही सोच नबनाएको बताइन् । सुरुमा कसले बर्थ डे विस ग¥यो त भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले थपिन्, ‘रातको १२ बजे नायक अनुप विक्रम शाहीले विस गर्नु भएको थियो । उहाँले मेसेज गर्दै वर्थ डे विस गर्नुभएको हो ।’ ‘जाइरा’ मा नम्रतासँगै नायक अनुप विक्रम शाहीको मुख्य भूमिका रहेको छ । यि दुईको अलवा फिल्ममा प्रमोद अग्रहरी, सिर्जना रेग्मी, रेमनदास श्रेष्ठ, सुजता श्रेष्ठ, सम्राट मगर लगायतको अभिनय रहेको छ ।


रेडियोकर्मी समेत रहेका रेमनदासले नम्रतासँग वर्षौ पहिले रेडियो कान्तिपुरमा सँगै काम गर्दा बर्थ डे एकसाथ मनाएको पल स्मरण गरेका थिए । भाद्र ६ गते सार्वजनिक प्रदर्शनमा आउने चलचित्र ‘जाइरा’ मा नम्रता एक्सन अवतारमा देखिएकी छिन् । क्यारेक्टर कै लागि उनले आफ्नो लामो केस कटाएकी थिइन् । आशुतोषराज श्रेष्ठ निर्देशित यो चलचित्रमा प्रसन्नमान गोपालीको लगानी रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो