रामकुमारको कोईली चरी बजारमा, अन्जलीको ठुम्का (भिडियो सहित)


Filmy Kura, Jun 20, 2019 at 10:56 am


विगत १२ वर्षदेखि लोक तथा दोहोरी गीत क्षेत्रमा क्रियाशिल गायक रामकुमार कार्कीको पछिल्लो सिर्जना बजारमा आएको छ । बिहीबार आफ्नै युट्युव च्यानलबाट ‘कोईली चरी’ बोलको गीत रिलिज गरिएको हो ।

रामकुमार कार्की युट्युव च्यानलबाट रिलिज गरिएको यस गीतमा मोडल अन्जली अधिकारी र रामचन्द्र बोहोरा फिचर भएका छन् । रामकुमारलाई फिमेल भोकलमा कमला खड्काले साथ दिएकी छिन् । डान्सिङ विटमा आधारित यो गीत दर्शक तथा श्रोताले रुचाउनेमा गायक रामकुमार आशावादी छन् । उनले भने, ‘पछिल्लो समय सापेक्ष गीत लिएर आएको छु । भिडियोमा निकै मिहेनत गरेका छौ ।’ सार्वजनिक यस गीतमा नवराज दाहालको शब्द तथा संगीत रहेको छ ।

विक्रम चौहान निर्देशित भिडियोलाई प्रकाश खड्काले छायांकन गरेका हुन् । भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो