प्रेमगीत ३ मा अनुभव रेग्मी पनि जोडिए, व्यग्र प्रतिक्षा हिरोइनको


Filmy Kura, Jun 26, 2019 at 10:25 am


यतिबेला चलचित्र ‘प्रेमगीत ३’ ले कलाकार अनुबन्ध गर्ने काम धमाधम गरिरहेको छ । यस अघि चलचित्रमा सिनियर आर्टिस्ट शिव श्रेष्ठ र न्यू फेस मनिष राउतलाई अनुबन्ध गरेको टिमले मंगलबार बालकलाकार अनुभव रेग्मीलाई भित्राएको छ ।

प्रेमको बाल्यकालको चरित्र अनुभव रेग्मीले निर्वाह गर्नेछन् । निर्माता तथा निर्देशक सन्तोष सेनले एकपछि अर्को स्टार कलाकारलाई ‘प्रेमगीत ३’ मा लिदै गर्दा भनेका छन्, ‘साना देखि पाका, नाटक देखि फिल्म सबै तिरका परिपक्क अनुहारहरु एक अर्काको परिपुरकको ढिक्का हो प्रेमगीत ३’ । यसरी एकपछि अर्को राम्रा कलाकार अनुबन्ध गर्दै गर्दा व्यग्र प्रतिक्षा भने गीत अर्थात यो फिल्मको लिड हिरोइन को रहलिन् भन्ने रहेको छ । जसका लागि उत्कृष्ट २५ जनाको अडिसन समेत टिमले सक्काइसकेको छ । अब पखाई केबल रिजल्टको रहेको छ ।
हाई बजेटमा निर्माण गर्न लागिएको यो फिल्मको औपचारिक निर्माण घोषणा र हिरोइन फाइनल केही दिन भित्रै प्रेस मिट मार्फत जानकारी गराउने तयारी रहेको छ ।

फिल्म लेखक छेतेन गुरुङ र निर्माता सन्तोष सेन मिलेर ‘प्रेमगीत ३’ को निर्देशन गर्नेछन् । आउदो नयाँ वर्षलाई टिमले रिलिज लक्ष्य राखेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो