स्टेजमा रियल पर्फम गर्दै जाइरा गीत रिलिज, नम्रता नर्भस् हुँदा अनुप लजाए (भिडियो)


Filmy Kura, Jun 27, 2019 at 6:29 pm


ठमेलको एलओडी क्लबमा नायिका नम्रता श्रेष्ठ र नायक अनुप विक्रम शाहीको रियल पर्फम सहित चलचित्र ‘जाइरा’ को गीत रिलिज गरिएको छ । बिहीबार एक कार्यक्रमका बीच फिल्मको रोमान्टिक गीत सार्वजनिक गरिएको हो ।

रिलिज गरिएकै गीतमा पर्फम गरेकी नम्रताले स्टेजमा यसरी पहिलो पटक नाचेको बताइन् । उनले थपिन्, ‘म त कस्तो नर्भस् भए । यस भन्दा अगाडि कहिल्यै यसरी नाचेको थिइन् ।’ नम्रता यो चलचित्रमा एक्सन भूमिकामा देखिएकी छिन् । यता नायक अनुप विक्रम शाहीले भने पर्फम गर्दा लाज लागेको बताए । कार्यक्रमका होस्टले नृत्य अति नै बबाल भनेर तारिफ गरेपछि जवाफमा उनले लाज लागेको बताएका हुन् ।

सार्वजनिक ‘आखैले बोल्छ’ गीतमा रवि मल्लको शब्द, कल्याण सिहंको संगीत तथा सन्तोष लामाको स्वर रहेको छ । समारोहमा गायक सन्तोषले गीत समेत गुनगुनाएका थिए । गीतको भिडियोमा अनुप र नम्रताको रोमान्सका दृश्य समेत समावेश गरिएको छ । आशुतोषराज श्रेष्ठ निर्देशित ‘जाइरा’ लाई प्रनिता श्रेष्ठ र प्रसन्न गोपालीले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

नम्रता र अनुपको अलवा प्रमोद अग्रहरी, सृजना रेग्मी, रेमनदास श्रेष्ठ, सुजता श्रेष्ठ, सम्राट मगर लगायतको अभिनय रहेको छ । यो चलचित्र आगामी भदौ ६ गते सार्वजनिक प्रदर्शनमा आउनेछ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो