अष्ट्रेलिया रहेर नेपाली फिल्म वितरण गर्ने भानुले बनाए यस्तो हिन्दी म्यूजिक भिडियो


Filmy Kura, Jul 5, 2019 at 11:28 am


कलाकार, निर्माता तथा वितरक भानु प्रतापले निर्माण गरेको पहिलो हिन्दी गीतको म्यूजिक भिडियो रिलिज भएको छ । पछिल्लो समय अष्ट्रेलियामा रहेर नेपाली फिल्म वितरणमा सक्रिय उनले निर्माण गरेको हिन्दी भिडियो हाईलाइट्स नेपाल युट्युव च्यानल मार्फत बिहीबार सार्वजनिक भएको हो ।

‘क्या क्या’ बोलको यस गीतमा प्रभात यादवको स्वर रहेको छ । बलराम मिश्रको शब्द तथा संगीतमा तयार भएको गीतको भिडियोलाई एमसन् इन्टरटेन्मेन्ट र अर्विट अष्ट्रेलिया ग्रुप प्रा.लि.ले संयुक्त रुपमा निर्माण गरेको हो । भिडियोलाई रह् शर्माले खिचेका हुन् भने मनोज अधिकारीले निर्देशन गरेका हुन् । अष्ट्रेलियामा छायांकन गरिएको भिडियोलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन् । सार्वजनिक भिडियोमा पुकार गौतम र रोजी पन्त फिचर भएका छन् ।

हिन्दी भिडियो निर्माण गरेका भानु प्रताप र अमर रसाईली छिट्टै फिल्म निर्माणमा समेत सहकार्य गर्दैछन् ।

हेर्नुस् यस्तो बनेको छ हिन्दी गीतको भिडियो


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो