सर्वनाममा विकास भर्सेस निकास, देशको अवस्था हेर्न छुट्याउनुस् १ घण्टा


Filmy Kura, Jul 5, 2019 at 12:21 pm


काठमाण्डौको कालिकास्थानमा अवस्थित सर्वनाम थिएटरमा ‘विकास भर्सेस निकास’ शीर्षकको नाटक मञ्चन भइरहेको छ । १ घण्टाको समय खर्चिएर यो नाटक हेर्नुभयो भने देशको वर्तमान अवस्था छर्लङ्ग देख्न सक्नुहुनेछ ।

अमेरिकामा रहेर डाक्टरी पेशा गरेका एक नेपाली स्वदेश फिर्ती भएर विकासमा हात हाल्न खोज्दा के कस्ता बाधा व्यवधान आइपर्छन् त भन्ने मूल सन्देश यो नाटकले चित्रण गर्न खोजेको छ । हालसम्म जो-जो व्यक्ति आएर ‘विकास भर्सेस निकास’ हेरेका छन् उनीहरुले नाटकले उठान गरेको विषय र प्रस्तुतिको मुक्तकण्ठले तारिफ गर्न छुटाएका छैनन् । नाटकको प्रमुख पात्र यो देशको मुहार परिवर्तनको खातिर विभिन्न राजनीतिक दलदेखि, संघसंस्था र व्यक्तिसँग सहकार्य गर्न चाहान्छन् तर उनलाई सहि मार्ग कसैले देखाउदैनन् बरु उल्टै उनीबाट फाइदा लिने मात्र काम गर्न खोज्छन् । त्यसपछि के हुन्छ त ? नाटक यसैको सेरोफेरोमा केन्द्रित छ । नाटकलाई सुरुदेखि अन्तिमसम्म डोर्‍याएका छन् कलाकार दीपक आचार्यले । प्रमुख भूमिकामा रहेका दीपकले डाक्टरको रोल निर्वाह गरेका छन् । दीपकको अलवा मिलन गुरुङ, विक्रम माझी, गौरव सापकोटा, सन्दिप घिमिरे, उमाकान्त सापकोटा, प्रकाश कट्टेल, अमृता श्रेष्ठ, सुरज केसी, सशांक उप्रेती, प्रेम अर्याल, विरेन्द्र मुखिया, अजय रेग्मी र पियना आचार्यले नाटकमा अभिनय गरेका छन् । नाटकको लेखन तथा निर्देशन रामबाबु रेग्मीले गरेका हुन् ।

रंगकला गोरखाको प्रस्तुति ‘विकास भर्सेस निकास’ लाई चर्चित हास्यकलाकार जितु नेपाल ‘मुन्द्रे’, केदार घिमिरे ‘माग्ने बुढा’, सिताराम कट्टेल ‘धुर्मुस्’ मरिचमान श्रेष्ठ ‘बल्छी’ लगायतले सर्वनाम पुगेर हेरिसकेका छन् । उनीहरुले नाटक समय सान्दर्भिक रहेको भन्दै कलाकारको अभिनय राम्रो लागेको प्रतिक्रिया दिएका थिए । असार १३ देखि मञ्चन भइरहेको नाटक २८ गतेसम्म हेर्न सकिनेछ । साँझ ५ः३० बजे शो गरिने नाटकलाई अडियन्सले निकै मन पराएको लेखक तथा निर्देशक रामबाबु रेग्मीले फिल्मीकुरालाई बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो