खुमन र सपनाको तीज गीतमा नायिका रेजिनाको छमछमी (भिडियो)


Filmy Kura, Jul 6, 2019 at 5:53 pm


महिना असारको हो । तर, भाद्र महिनामा पर्ने महिलाहरुको महान चाड तीजलाई लक्षित गर्दै निर्माण गरिएका गीतको म्यूजिक भिडियो भने धमाधम रिलिज हुन थालेका छन् ।

यसैबीच गायक खुमन अधिकारी र गायिका सपना थापाको स्वरमा सजिएको तीज गीत ‘घरबार गर्ने सोच’ युट्युवमा सार्वजनिक भएको छ । सेलिब्रेटी नेपालको प्रस्तुतिमा सपना थापा निर्मित तीज गीतको भिडियोमा नायिका रेजिना उप्रेतीले छमछमी नाचेकी छिन् । पछिल्लो समय घर गृहस्थीमै व्यस्त नायिका रेजिनाको हातमा कुनै फिल्म छैनन् । बरु उनी तीज गीतमा फरक रुपमा प्रस्तुत भएकी हुन् ।
शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच तीज पर्व सम्बन्धित रमाइलो गीतको भिडियो लोकार्पण गरिएको हो । सार्वजनिक गीतमा सागर प्रधानको शब्द तथा संगीत रहेको छ । भिडियोमा नायिका रेजिनासँगै मोडल लोमस शर्मा र रेखा थापा फिचर भएका छन् । प्रकाश भट्ट निर्देशित भिडियो सेलिब्रेटी नेपाल युट्युव च्यानलमा हेर्न सकिन्छ ।

गीतको विषयमा प्रकाश पार्दै गायिका थापाले भनिन्, ‘तीज महिला दिदी बहिनीको विशेष पर्व हो । कति रोनाधोनाको तीज गीत मात्र सुन्ने भनेर मैले रमाइलो खालको गीत लिएर आएको छु ।’ तीज आउन २ महिना बाँकी छदै किन गीत निकाल्न हतारो भन्ने प्रश्नमा उनले थपिन्, ‘तीजको रौनक अचेल अलि अगाडि देखि नै लाग्न थालेको हुनाले गीतको प्रचार प्रसारमा सघाउ पु¥याउछ भन्ने हेतुले मैले असार मै भिडियो रिलिज गरेको हुँ ।’

हेर्नुस् यस्तो बनेको छ गीत


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो