रामकृष्णको हातबाट सुविन्द्रको आरोहण सार्वजनिक


Filmy Kura, Jul 6, 2019 at 6:34 pm


७ वर्षदेखि संगीता साधनामा रहेका नवगायक सुविन्द्र केसीले पहिलो एल्वम ‘आरोहण’ दर्शक तथा श्रोतामाझ ल्याएका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले लोकप्रिय गायक रामकृष्ण ढकालको हातबाट आफ्नो पहिलो एल्वम सार्वजनिक गरेका छन् ।

गीतकार तथा कवि दिनेश अधिकारी, संगीतकार राम सिटौला, सर्जक एक नारायण भण्डारी लगायतका व्यक्तित्वको उपस्थिती रहेको उक्त कार्यक्रममा एल्वम भित्र समावेश एक गीतको भिडियो समेत प्रिमियर गरिएको थियो । ‘उधारो वाचा’ बोलको गीति भिडियोमा नायिका केकी अधिकारी र मोडल रन्जित पौडेल फिचर भएका छन् । भिडियोलाई विशाल भण्डारीले निर्देशन गरेका हुन् । एल्वममा ७ वटा गीत समावेश गरिएको छ ।

एल्वम सार्वजनिक समारोहमा बोल्दै गायक सुविन्द्रले भने, ‘रामकृष्ण ढकाल मेरो प्रेरणाको श्रोत हुनुहुन्छ । उहाँको गायकीबाट म निकै प्रभावित छु ।’ पछिल्लो समय उनले संगीतकार राम सिटौलासँग संगीत कक्षा समेत लिइरहेका छन् । एल्वममा संग्रहित गीतमा शब्द रचना डा. नवराज लम्साल, एक नारायण भण्डारी, राम सिटौला, विपिन किरण, पुरुषोत्तम ढुंगेल र स्वयम सुरेन्द्रको रहेको छ । जून रचनामा संगीत सिर्जना गरेका छन् राम सिटौला, अर्जुन पोखरेल, महेश खड्का, टिका भण्डारी र श्रीकृष्ण बम मल्लले ।

सांगीतिक क्षेत्रमा अघि बढ्दै गरेका सुविन्द्रले ‘आरोहण’ का गीत दर्शक तथा श्रोताले मन पराउने विश्वास लिएका छन् ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो